समृद्धि मार्ग कर्णाली करिडोर

समृद्धि मार्ग कर्णाली करिडोर
सुन्नुहोस्

देशको एकमात्रै सडक सञ्जालसँग नजोडिएको जिल्ला हो, हुम्ला। नेपाल –भारतको दक्षिण सीमा क्षेत्र बाँके जिल्लाको जमुनादेखि नेपाल–चीनको उत्तरी सीमा क्षेत्र हुम्लाको हिल्सा जोड्ने कर्णाली करिडोर नामकरण गरिएको छ। यसको लम्बाइ ६ सय ८२ किलोमिटरमात्रै छ। खार्पुनाथ गाउँपालिकाको च्वाखोला नदीमा पक्की पुल निर्माण नहँुदा र सदरमुकाम सिमकोट नजिकै अझै ७ मिटर दूरी सडकको ट्र्याक खन्न बाँकी छ। यो करिडोरको शिलान्यास भएको २५ वर्ष बित्यो। यो करिडोर सम्पन्न भएपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ। 

२०७१ सालमा कालीकोटको जिल्लाको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका सल्लीसल्लासम्मको १२३ किलोमिटर नेपाली सेनाले जिम्मा लिएको थियो। उक्त खण्डको ट्र्याक खोल्ने काम सम्पन्न गरी २०७८ असारमा हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हस्तान्तरणसमेत नेपाली सेनाले गरेको छ। सेनाले सडक विभागलाई ट्र्याक खोलेर हस्तान्तरण गरेपछि हुम्लाका दक्षिण भेगमा पर्ने ताजाँकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिकामा २०७८ सालबाट गाडी गुड्न थालेका छन्। 

यसैगरी २०७८ असोज ५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट लेप्च्या– सुनाखाडा सडक खण्डको साढे ८ किलोमिटर चट्टानी भिरमा पूर्ण नेपाली सेना कर्णाली करिडोर खण्ड निर्माण कार्यदलले जिम्मा पायो। २०८० मंसिर २९ गते नेपाली सेनाले ट्र्याक खोलेर हस्तान्तरण गरेको हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाका योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार खार्पुनाथ गाउँपालिका— १ को बोक्चेगौडा, भिइगौडा र याङचुसम्मको साँघुरो भागलाई फराकिलो बनाउन ८ मिटर नेपाली सेना कर्णाली करिडोर निर्माण कार्यदललाई जिम्मा दिइएको छ। कर्णाली करिडोरको शिलान्यास भएको २५ वर्षसम्म बितिसक्दासमेत हुम्लामा सडक ट्र्याक नखोलिनु दुःखको कुरा भएको तत्कालीन जिल्ला विकास समिति हुम्लाका सभापति वीरजंग शाहीले बताए।

हुम्लाबाट पैदल हिँडेर नेपालगज्ज पुग्न झन्डै १५ देखि २० दिन लाग्छ। ‘बाजुराको बोल्डिङको रागेगौडा डोरीको भरमा वारपार गर्न बाध्य थियौं’, उनले भने। कालीकोट जिल्लाको खुलालुदेखि ट्र्याक खोलेपछि केही सहज भएको पूर्वसभापति शाहीले बताए। हाल सर्केगाड गाउँपालिका—१ को जैरको खच्चामा सरकारले सोच्नुपर्ने देखिन्छ। बेलाबेला पहिरो जाने समस्या भएको शाहीको भनाइ छ। हुम्लाका दक्षिणी भेगमा गाडी गुड्न थालेपछि गाउँघरमा सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु आउन थालेको चंखेली गाउँपालिका— ४ का ७० वर्षका साउने रोकायाले बताए। ‘हाम्रा पालामा महिना दिन घर छोडेर सामान ल्याउन नेपालगन्ज, बर्दिया राजापुर पुग्थ्यौं। अहिले सहिजो भएको छ’, रोकायाले भने। कालीकोट जिल्लाको खुलालुदेखि हुम्ला सल्लीसल्ला ट्र्याक खुलेसँगै जिप, बोलेरो, मिनी ट्रक, ट्याक्टर नेपालगन्ज र सुर्खेतदेखि दैनिक ६० देखि ८० सम्म चार गाउँपालिकामा आउजाउ गर्न थालेका छन्। दक्षिणी चार पालिकामा सडक सञ्जालसँग जोडिएपछि दैनिक उपभोग्यवस्तु विकास निर्माणका सामानहरू सस्तो मूल्यमा गाउँघरमा पाइन थालेका छन्।

२०६९ साल चैत महिनाको ८ गते हिल्सा सिमकोट सडक योजना हुम्लामा कार्यालय स्थापना भएको छ। कर्णाली करिडोरको अनुमातित लागत ६ अर्ब ६६ करोड १९ लाख माग भएको हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाले जनाएको छ। ट्र्याक खोल्ने ग्राभेल गरी हुम्ला जिल्लाको सदरमुकाम सिमकोट सडक सञ्जाल जोड्ने बजेट हो। हालसम्म १ अर्ब ८२ करोड बजेट खर्च भएको हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए। यसको ३२ दशमलव २७ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख नेपालीले जानकारी दिए। ‘अझै ७ मिटर सिमकोट नजिकै विवादित भएर सडक निर्माणकार्य रोकिएको छ’, प्रमुख नेपालीले भने।

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको खुलालु खोलादेखि हुम्ला जिल्लाको नाम्खा गाउँपालिका— ४ हिल्सा नाकासम्म २ सय ६८ किलोमिटर दूरी पर्छ। कालीकोट जिल्लाको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म १ सय २३ किलोमिटर छ। सल्लीसल्लादेखि हुम्लाको सदरमुकाम सिमकोट ५० किलोमिटर दूरी छ। सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सानाकासम्म ९५ किलोमिटर दूरी छ। 

उत्तर– दक्षिण जोड्ने बहुचर्चित कर्णाली करिडोरको खुलालु–हिल्सा सडकअन्तर्गत ५० किलोमिटर सडक कालोपत्र गर्न ४ अर्बभन्दा बढीको बहुवर्षीय ठेक्का प्रक्रिया सुरु भएको छ। खुलालु–सल्लीसल्ला खण्डको स्तरोन्नतिसहित कालोपत्र गर्न कर्णाली करिडोर खुलालु–सल्लीसल्ला सडक योजना कालीकोटले फागुन २ मा ४ अर्ब २३ करोडको बहुवर्षीय ठेक्का आह्वान गरेको हो। बाजुराको लैफुदेखि हुम्ला सिमानासम्म ५० किमिका लागि दुई खण्डमा ठेक्का खुलाइएको हो। कालीकोटको खुलालुदेखि भारतको जमुनाहदेखि चीनको हिल्सासम्म त्रिदेशीय सडक कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ। तीन वर्षभित्र स्तरोन्नतिसहित कालोपत्रको काम सकिने गरी बहुवर्षीय ठेक्का भएको कर्णाली करिडोर खुलालु–सल्लीसल्ला सडक योजनाले जनाएको छ। 

सदरमुकामलाई सडकसँग जोडिँदै 

हुम्ला सिमकोट सल्लीसल्ला हिल्सा सडकखण्डको बोक्चे गौडा भिई गौडा, र याङचु भिरमा निर्माण हुने ८०० मिटर सडक र खार्पुनाथस्थित चुवाखोला नदीमा बेलिब्रिज निर्माण हुन थालेको छ। गत चैत महिनाको २५ गतेदेखि सो खण्डमा खडक र बेलिब्रिजको लागि काम धमाधम हुन थालेको छ। 

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिबाट हुम्लाको सदरमुकाम सिमकोट जोड्ने सडक र बेलिब्रिजको काम अगाडि बढेको छ। प्रत्येक २०÷२० दिनको अन्तरालमा दैनिक उपभोग्य वस्तु विकास निर्माणका सामानहरूका लागि सडक खोलिने भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए। ८ मिटर साँघुरो सडक निर्माण चुवाखोला नदीका कारणले सदरमुकाम सिमकोट सडक सञ्जालसँग नजोडिएको हो। 

म्याद थप्दै लाखौं खर्चेर काठेपुल ठेकेदार कम्पनीले समयमा काम नगर्दा गाउँपालिकाका खोलामा काठेपुल निर्माण गरिएको छ। हेप्का खोलामा पूर्वाधार विकास कार्यालयले २३ लाख खर्चेर चारपाङ्ग्रे सवारीसाधन गुड्ने काठेपुल निर्माण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.