कोशी लगानी सम्मेलन सुरू,प्रधानमन्त्रीले गरे उद्घाटन

कोशी लगानी सम्मेलन सुरू,प्रधानमन्त्रीले गरे उद्घाटन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश लगानी सम्मेलन, २०२५ सुरु भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलन दुई दिनसम्म चल्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरअघि सम्मेलनको उद्घाटन गरे ।

सम्मेलन उद्घाटनअघि प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न कोशी प्रदेश सरकार तयार रहेको बताएका छन् ।

उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले  प्रदेश सरकारबाट हुने कामहरू तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजीकरण गरिने जानकारी दिए ।

उनले कोशी प्रदेशको लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको भन्दै आभार व्यक्त गरे । कोशी प्रदेश लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजनालाई ‘सोकेस’मा राखिएको छ । १ वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरू छनोट गरिएको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.