लगानी सम्मेलनबाट कोशी प्रदेशको समृद्धिको ढोका खुल्छ : प्रधानमन्त्री

लगानी सम्मेलनबाट कोशी प्रदेशको समृद्धिको ढोका खुल्छ : प्रधानमन्त्री
सुन्नुहोस्

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको लगानी सम्मेलनबाट समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेश लगानी सम्मेलनको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबाट लगानीसम्बन्धी छलफल र नयाँ लगानी भित्रिने अपेक्षा राखिएको बताए । 

उनले देशमा लगानीमैत्री वातावरण रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण रहेको भन्दै लगानी गर्न सबैलाई आग्रह गरेका हुन् । कोशी प्रदेशमा यातायात पूर्वाधार पर्याप्त रहेका कारण उद्योगबाट उत्पादित सामग्री बजारीकरणका लागि समस्या नरहेको प्रधानमन्त्री ओलीले बताए । हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग, मदन भण्डारी मार्गसहित पर्याप्त सडक सञ्जाल रहेका कारण बजारीकरण गर्न सहज हुने उनको भनाइ छ ।

उनले निजी क्षेत्रदेखि लिएर सबैलाई लगानीका लागि आह्वान गरेका छन् । ओलीले सम्भावना पर्याप्त भएकाले जुनसुकै क्षेत्रमा लगानी गर्दा पनि हुने बताए । हुलाकी राजमार्ग निर्माणको क्रममा रहेको बताउँदै उनले अहिले लगानी गरेको उद्योगबाट उत्पादन सुरु हुँदा पूर्वपश्चिम मार्ग एसियन मापदण्डको बन्ने बताए । पूर्वपश्चिम राजमार्ग विस्तारको काम भइरहेको छ । 

सडक पूर्वाधारले बजारीकरणका लागि सहज हुने बताउँदै ओलीले लगानीको उपयुक्त वातावरण रहेको स्पष्ट पारेका छन् । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलन उद्घाटनअघि स्वागत मन्तव्य राख्दै प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न कोशी प्रदेश सरकार तयार रहेको बताएका छन् ।

उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले  प्रदेश सरकारबाट हुने कामहरु तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजीकरण गरिने जानकारी दिए ।

उनले कोशी प्रदेशको लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको भन्दै आभार व्यक्त गरे । कोशी प्रदेश लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजनालाई ‘सोकेस’मा राखिएको छ । १ वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरू छनोट गरिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.