भारतले थप ६ सय मेगावाट विद्युत् नेपाललाई दिने

भारतले थप ६ सय मेगावाट विद्युत् नेपाललाई दिने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : भारतले ६ सय मेगावाट थप विद्युत् नेपाललाई दिने भएको छ। बिहानको २ बजेदेखि साँझको ५ बजेसम्म १५ घन्टाका लागि थप विजुली दिने भएको हो। यसअघि मार्च १५ देखि भारतले सोलार आवर (विहान ६ बजेदेखि साँझ ६ बजे) मा मात्र विजुली दिइँदै आएको थियो।
 
थप गरिएको बिजुली ढल्केवर-मुज्जफपुर प्रसारणलाइनबाट आयात हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए। बिहीबार बिहान भारतले स्वीकृत दिएकोले आज राति १२ बजेबाट थपिएको बिजुली आयात गरिने शाक्यले बताए।

सुख्खायाममा नदीमा पानीको बहाब घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो छ। तसर्थ भारतबाट विद्युत् आयात भने भइरहेको छ। प्राधिकरणको तथ्यांकअनुसार हालः विद्युतको आन्तरिक उत्पादन औसत करिब ११ सय ७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग २ हजार ७७ मेगावाट छ। 

विद्युतको उच्च मागको समयमा विद्युत् उत्पादन १५ सय ९३ मेगावाट हुने गरेको छ। आन्तरिक उत्पादनले नपुगेको बिजुली भारतबाट आयात गरिँदै आइएको छ। नेपालले छिमेकी मुलुक भारतबाट पावर एक्सचेन्ज कमिटि (पीइसी)मार्फत बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत अधिकतमा ३५० मेगावाट विद्युत आपूर्ति गर्ने अनुमति पाएको हो। 

हालः मैनैया सम्पतिया लाइनबाट विहान २ देखि ६ र बेलुका ६ देखि ७ गरी जम्मा ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको छ। भारतमा आइपीएल खेल जारी रहँदा माग बढेकाले आइएक्सको दररेट पीइसीको दररेट भन्दा बढी भएकाले विहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत् प्राप्त हुन नसकेको प्राधिकरण बताउँछ।

इन्डियन एक्सचेन्ज मार्केट (आइइएक्स)मार्फत विहान ६ देखि बेलुका ५ बजेसम्म र राति ११ बजेदेखि विहान ४ बजेसम्म विद्युत् खरिद गरिँदै आइएको छ। प्राधिकरणले रातिको ११ बजेदेखि विहान ४ बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गर्न माग गर्दै आएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.