विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावर : परराष्ट्रमन्त्री राणा
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेतृ आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरू मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छन्।  

कांग्रेसको जनसम्पर्क समिति समन्वयले आयोजना गरेको कार्यक्रममा उनले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन्। 

'विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरू हालः विभिन्न मुलुकको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ। उहाँहरू हाम्रा लागि सफ्ट पावर हुनुहुन्छ। हामीले त्यसको उपयोग गर्नुपर्छ,' उनले भनिन्।

मन्त्री राणाले अहिले गैर आवासीय नेपाली कार्डको विषय मुख्य रहेको उल्लेख गर्दै यो जारी गर्न आवश्यक रहेको बताइन्। 'तपाईंहरूले लामो समयदेखि एनआरएन कार्डको विषय उठाउँदै आउनुभएको छ। कार्ड जारी गर्न ढिलाइ भइसकेको छ। आजसम्म यहाँहरुले देखाउनुभएको धैर्यताको म कदर गर्छु,' उनले भनिन्। अहिले नेपालमा स्थायी सरकार गठन भएकाले चाँडै कार्ड जारी हुनेमा उनले विश्वास व्यक्त गरिन्।

एनआरएन कार्डको विषयमा संविधान निर्माणको समयमा व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले कांग्रेस यो विषयमा सुरुदेखि नै प्रतिबद्ध रहेको उल्लेख गरिन्। अहिले विदेशमा रहेका नेपालीहरूमा सामाजिक सुरक्षा कोषसम्बन्धी आवश्यक जानकारी कम भएकाले पनि समस्या भइरहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.