उदयपुर दुर्घटना : कानुन अधिकृत बस्नेतको मृत्यु, वडाध्यक्षसहित दुई जना गम्भीर

उदयपुर दुर्घटना : कानुन अधिकृत बस्नेतको मृत्यु, वडाध्यक्षसहित दुई जना गम्भीर
सुन्नुहोस्

झापा/उदयपुर : उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ। घटनामा वडाध्यक्षसहित ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दमक नगरपालिकाका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत रहेका छन्। उनको कटारीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै दमक नगरपालिका वडा-१० वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, दमक नगरपालिका-१ का ४५ वर्षीय राजेन्द्र गौतम गम्भीर घाइते छन्। 

त्यस्तै घाइते हुनेमा चालक दमक ९ का ३८ वर्षीय देवेन्द्र तामाङ (दायाँ हात र बायाँ घुँडामा चोट लागेको), दमक-६ का  ५४ वर्षीय कमल श्रेष्ठ (टाउको र बायाँ पाखुरामा चोट) दमक नगरपालिका २ का ३८ वर्षीय नवीन खतिवडा (दायाँ हातमा चोट) र  गौरादह नगरपालिका १ का ५४ वर्षीय भुवन दाहाल (टाउको र दायाँ हातमा चोट) लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उनीहरूलाई कटारीमा प्राथमिक उपचारपछि विराटनगर पठाइएको छ। प्रहरीका अनुसार गम्भीर घाइते भएका वडाध्यक्ष भण्डारी र स्थानीय गौतमलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ।

मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी नगरपालिका-६ स्थित सोमबारेमा बिहीबार दिउँसो ४: १० बजेको समयमा चितवनबाट झापातर्फ आउँदै गरेको मे१च ३०४० नम्बरको स्कोर्पियो गाडी अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको थियो। उनीहरू न्यायिक समितिको कार्यक्रममा सहभागी भएर झापा फर्किँदै थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.