सरकारको नीति तथा कार्यक्रम
संविधान संशोधन हुन्छ, गणतन्त्रविरोधीलाई कडा प्रतिवाद गरिने छ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा रहेका कमीकमजोरीलाई सच्याउन संविधान संशोधन गर्ने बताएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रविरोधीलाई पनि कडा प्रतिवाद गरिने बताए।
'अराजकता फैलाउनेविरुद्ध सरकार दृढ छ। गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने छ,' उनले भने। उनले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताए। 'त्यसका लागि आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याइने छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !