सरकारको नीति तथा कार्यक्रम

प्रतिपक्ष भन्छ- जनतामा आशा जगाउँदैन, सत्तापक्ष भन्छ- अर्थतन्त्रलाई सही दिशामा लैजान्छ

प्रतिपक्ष भन्छ- जनतामा आशा जगाउँदैन, सत्तापक्ष भन्छ- अर्थतन्त्रलाई सही दिशामा लैजान्छ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको नीति तथा कार्यक्रम जनतामा आशा जगाउनेजस्तो नदेखिएको टिप्पणी गरेको छ। 

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारको नीति तथा कार्यक्रम परम्परावादीजस्तो रहेकाले यसमा जनतामा आशा जगाउनेजस्तो केही नदेखिएको बताए। उनले नीति तथा कार्यक्रममा आगामी मार्गचित्र प्रष्टसँग नआएको बताए। 

त्यस्तै अनुगमनमाथि पनि अनुगमन गर्ने विषयले सरकारले आफैंले आफैलाई विश्वास नगरेको संकेत गरेको उनले बताए। सापकोटाले नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने भएकाले सरकारको बजेट पनि कर्मकाण्डजस्तै आउने देखिएको जिकिर गरे। सुशासन, सेवा प्रभाव र भ्रष्टाचार नियन्त्रणका विषयमा समेत सरकारको प्रष्ट दृष्टिकोण आउन नसकेको उनको भनाइ छ। 

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम प्राण भएको जस्तो नदेखिएको र गोलमटोल रहेको आरोप लगाए। उनले सरकार अस्पष्ट ढंगले हिँडिरहेको अवस्थामा सरकारको कार्यक्रम पनि त्यस्तै अस्पष्ट रहेको बताए। पुनले कतिपय कुराहरू नीति तथा कार्यक्रममा नराखिएकाले पछि आफूखुसी बजेटमा राख्न खोजिएको हो कि भन्ने आभाष भएको तर्क गरे।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णीम वाग्लेले सरकारको नीति तथा कार्यक्रमलाई अल्छी सरकारले ल्याएको कार्यक्रम भएको बताएका छन्। उनले यसअघि असफल भइसकेका कार्यक्रमलाई सरकारले दोहोर्‍याएकाले अल्छी सरकारले ल्याएको कार्यक्रम भएको टिप्पणी गरे।

उनले देशमा उथलपुथल भइरहेको अवस्थामा त्यसमा निरपेक्ष भएर सरकारको कार्यक्रम आएको बताए। नीति तथा कार्यक्रमलाई बजेटबाट विश्वश्नीय बनाउन उनले सरकारलाई सुझाव दिए।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिने गरी सरकारको नीति तथा कार्यक्रम आएको बताए। संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले मुलुकमा देखिएको अर्थतन्त्रलगायतका समस्यालाई समाधान गर्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको बताए। 

नीति तथा कार्यक्रममा आएको विषयलाई अव बजेटमार्फत व्यवस्थीकरण गर्न जरुरी रहेको उनले बताए। उनले जनतालाई आशामा रूपान्तरण गर्नका लागि सरकारको कार्यक्रमले मद्धत पुर्‍याने बताए। बर्तौलाले सत्तासाझेदार दल कांग्रेससँग छलफल गरेरै सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा केही कमी भए बजेटमार्फत सम्बोधन गरिने बताए। 

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको नीति तथा कार्यक्रम समग्रमा ठीक रहेको बताए। उनले परम्परागतभन्दा एक स्टेप अगाडि बढ्नुपर्नेमा केही कमी भए पनि नीति तथा कार्यक्रम समग्रमा ठीक रहेको बताए। मूलभूत रूपमा सरकारको कार्यक्रम कार्यान्वयनमा निर्भर रहने उनले बताए। 

महतले कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्र सहयोग गर्ने कुरामा आउन नसकेको, शिक्षाको गुणस्तरका साथै यससम्बन्धी विषयमा पनि गम्भीर ध्यान दिनुपर्ने उनले बताए। उनले अर्थतन्त्र चलायमान बनाउन प्राथमिकीकरण गर्दै परिणाम आउने क्षेत्रबारे ठोसरूपमा आउन जरुरी रहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.