बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध

हेटौँडा-काठमाडौं यात्रा गर्दा अन्य  मार्ग प्रयोग गर्न आग्रह

बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : गए रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बागमती खोलाको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको छ।

कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६:०० बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीले  यात्रीलाई हेटौँडाबाट काठमाडौं जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.