३७ मेगावटको चिमखोला–मंगले–राहुघाटबाट परीक्षण उत्पादनको तयारी

३७ मेगावटको चिमखोला–मंगले–राहुघाटबाट परीक्षण उत्पादनको तयारी
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ।

तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङमा पानी हालेर परीक्षण थालिएको छ। 

आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले मे महिनाको १५ तारिकका दिन परीक्षण उत्पादन सुरु गर्ने समय तालिकाअनुसार भौतिक संरचनाको परीक्षण सुरु गरेको जानकारी दिए।

‘बाँध, डिसेन्डर, सुरुङ र पेनस्टक पाइपलाइनमा पानी भरेर भौतिक संरचनाको परीक्षण भइरहेको छ,’ उनले भने, ‘विद्युत् गृहमा उपकरण जडान सकिएको र प्रसारण लाइन तयार भएको छ।’ 

पेनस्टेकको परीक्षण सफल भएको र मंगलबारदेखि पानी हालिएको सुरुङ, डिसेन्डर र बाँधमा समस्या नदेखिएको तिमिल्सिनाले बताए। रघुगंगा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय दस मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइ भएको पानी थिग्र्याउने पोखरी निर्माण भएको छ।

बाँधदेखि पाँच किलोमिटर तीन सय मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगंगा–७ चिमखोलाको बगरस्थित विद्युत्गृहमा खसाल्न ९ सय ५० मिटर पेनस्टक पाइपलाइन बनाइएको छ।

विद्युत् गृहदेखि सुरुङको आउटलेटको उचाइ ३ सय ६० मिटर छ। २०७७ मंसिर महिनादेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो। चार ठाउँबाट सुरुङ खनिएको थियो।

माछापुच्छ्रे र बीएमईडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेस्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन्। विद्युत्गृहदेखि रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्विचयार्डसम्म १४ किलोमिटर दूरीको २ सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ। प्रसारण लाइनका ४९ वटा टावर रहेका छन्। आयोजनाबाट उत्पादित विद्युत् २ सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लुप इन्, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ। 

चिमखोला–मंगले–राहुघाटसहित तुदी पावर नै प्रवर्द्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रुपैयाँ छ।

अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ। चिमखोला–मंगले–राहुघाट राहुघाट वेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो। 

राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, 

२१ दशमलव तीन मेघावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.