'प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणबारे समितिलाई अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गरौं'

'प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणबारे समितिलाई अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गरौं'
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणका बारेमा अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्ने बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री र मन्त्रीहरूले विदेश भ्रमण गर्दा उठाएका विषयवस्तुको समितिलाई अनिवार्य जानकारी हुने व्यवस्था गर्नुपर्ने बताए । प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो भ्रमणका बारेका समितिलाई जानकारी गराउन आवश्यकता बोध गराउनुपर्ने उनले बताए।

समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफलका क्रममा अध्यक्ष नेपालले सौर्य जहाज दुर्घटनाका विषयमा समितिमा छलफल नभएकाले पीडितहरूसँग छलफल गर्न आग्रह गरे।

त्यस्तै माओवादी सांसद सुदन किराँतीले ठूलो लगानी भएका २२ वटा आन्तरिक बिमानस्थलमा उडान नहुँदा बिमानस्थल बन्द हुने अवस्थामा पुगेको भन्दै जहाज खरिद भएका लागि भएका प्रयासका बारेमा छलफल गर्नुपर्ने बताए । वायुसेवा निगमको पुनसंरचना पनि नहुने र नयाँ बिमान पनि खरिद गर्न नसक्दा निगम नै धरासयी हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

त्यस्तै अन्य सांसदहरूले नेपालमा अधिकतम रुपमा पर्यटन भित्राउनका लागि सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.