नेपालका मकालुु बरुण, सगरमाथा, पर्सा, चितवन, शिवपुुरी नागार्जुुन, लामटाङ, बाँके, बर्दिया, शे फोक्सुुण्डो, रारा, खप्तड, शुुक्लाफाँटा गरी १२ वटा राष्ट्रिय निकुुञ्ज छन् । कोशीटप्पु वन्यजन्तुु आरक्ष, ढोरपाटन सिकार आरक्ष र कृष्णसार, अन्नपूर्ण, कञ्चनजंघा, अपिनाम्पा, गौरीशंकर र मनास्लुु गरी ६ वटा संरक्षण क्षेत्र छन् ।
नेपालमा पाइने वन्यजन्तु वनस्पतिलगायत भू–दृश्यसँगै पारिस्थिकीय प्रणाली संरक्षण, व्यवस्थापन र दिगो उपयोग गरी देशको समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले २०३७ सालमा वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग स्थापना गरिएको थियो। हाल नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, आरक्ष १, सिकार आरक्ष १, संरक्षण क्षेत्र ६ र १३ वटा मध्यवर्ती क्षेत्र छन्। दुईवटा प्राणी उद्यानहरू निर्माणाधीन अवस्थामा छन्।
नेपालका १० वटा सिमसार क्षेत्रहरू रामसार साइटमा सूचीकृत भएका छन्। नेपालको सिमसार क्षेत्रको क्षेत्रफल ६० हजार ५ सय ६१ हेक्टर रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ। नेपालका मकालु बरुण, सगरमाथा, पर्सा, चितवन, शिवपुरी नागार्जुन, लामटाङ, बाँके, बर्दिया, शे—फोक्सुण्डो, रारा, खप्तड, शुक्लाफाँटा गरी १२ वटा राष्ट्रिय निकुञ्ज छन्। कोशीटप्पु वन्यजन्तु आरक्ष, ढोरपाटन सिकार आरक्ष रहेको छ। त्यस्तै कृष्णसार, अन्नपूर्ण, कञ्चनजंघा, अपिनाम्पा, गौरीशंकर र मनास्लु गरी ६ वटा संरक्षण क्षेत्र छन्। भानुभक्त तथा राट्रिय गरी दुईवटा प्राणी उद्यान हुन्।
नेपालमा संरक्षण कार्यलाई प्रभावकारी बनाउँदै पूर्णरूपमा चोरी सिकार निरुत्साहित पार्ने उद्देश्यले २०३२ सालदेखि संरक्षित क्षेत्रमा सेना तैनाथ गरिएको हो। हाल नेपालका १४ वटा संरक्षित क्षेत्रहरूमा नेपाली सेनाका ८ वटा गण र ७ वटा गुल्म तैनाथ छन्। नेपालमा प्रजाति संरक्षणबाट शुरु भएको संरक्षण कार्य क्रमिक रूपमा पारिस्थिकीय प्रणाली हुँदै भू–परिधिस्तरमा जन सहभागितामूलक संरक्षण पद्धतिमा रूपान्तरण भएको पाइन्छ। नेपालले संरक्षणको क्षेत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाउन सफल भएको छ। स्थानीय समुदायलाई संरक्षणमा प्रभावकारी रूपमा सहभागी बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को चौथो संशोधनमार्फत मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम सुरु गरिएको हो।
त्यस्तै ऐनको पाँचौं संशोधनले जैविक मार्गको संरक्षण र संवद्र्धनसम्बन्धी थप कानुनी व्यवस्था गर्दै संरक्षण कार्यलाई थप संस्थागत बनाइएको छ। नेपालको कूल भू–भागको २३ दशमलव ३९ प्रतिशत ३४ हजार ४ सय १९ दशमल ७५ वर्गकिलोमिटर संरक्षित क्षेत्र छ। संरक्षित क्षेत्रबाट भएको राजस्वको ३० देखि ५० प्रतिशत आम्दानी प्राकृतिक स्रोतको संरक्षण, आयआर्जन, सीप विकास तथा क्षमता अभिवृद्धि, संरक्षण शिक्षा तथा सामुदायिक विकासमा खर्च हुने गरेको पाइन्छ। नेपालले जैविक विविधता संरक्षण महासन्धि, र्दुलभ वन्यजन्तु तथा वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार नियमनसम्बन्धी महासन्धिलगायत जैविक विविधता तथा वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा हस्ताक्षर गरी पक्ष राष्ट्रका रूपमा जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान गर्दै आएको छ।
एउटै निकुञ्जबाट करोडौं राजस्व
बर्दिया राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा ३ करोड ४६ लाख ४७ हजार ८ सय ८२ रुपैयाँ राजस्व निकुञ्जले संकलन गरेको छ। चैत मसान्तसम्म २२ हजार ३ सय ७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। जसमध्ये ५ हजार ९ सय २४ जना विदेशी, १ हजार ५९ जना सार्क मुलुक र १५ हजार ३ सय २४ जना नेपाली पर्यटक छन्। ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा हाल ३८ वटा गैंडा, १ सय २५ वटा बाघ, १५ देखि २१ वटा घडियाल गोही, ९४ वटा बाह्रसिंगा, ९० प्रजातिका आहाराजन्य वनस्पति छन्।
त्यस्तै, कर्णाली नदीमा डल्फिनसमेत देखिने गरेको निकुञ्जका रेन्जर शान्तबहादुर मगरले बताए। निकुञ्जमा १ सय २० भन्दा बढी जंगली हात्ती पाइने भएकाले पनि निकुञ्ज हात्तीहरूको सबैभन्दा ठूलो बासस्थान मानिन्छ। निकुञ्जले गत वर्ष विभिन्न मुद्दामा १३ जना प्रतिवादीहरू पक्राउ गरेको छ। जसमध्ये २ जना वन पैदावार, २ वन्यजन्तुसम्बन्धी र ९ जना सवारी ठक्करका कारण पक्राउ परेका हुन्। निकुञ्जले सो अवधिमा १८ वटा मुद्दामा फैसला गरेको जानकारी दिएको छ।
वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण र राहत वितरणसम्बन्धी विवरणअनुसार, गत वर्ष १ हजार ५ सय ४८ वटा घटनामध्ये २ जनाको मृत्यु, ३ जना सख्त घाइते, १ जना सामान्य घाइते भएका थिए। पशुधनमा ९ सय
३५ वटा, अन्नबालीमा ४ सय ८७ वटा, भण्डारण अन्नबालीमा २७ वटा तथा ६२ वटा घरगोठमा क्षति भएको थियो। क्षति पुर्याएका घटनाका पीडितलाई निकुञ्जले कूल १ करोड १७ लाख ३७ हजार २ सय रुपैयाँबराबरको राहत वितरण गरेको निकुञ्जका वन संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।
पर्यटक थेग्न होमस्टे
खेतबारीमा मात्र काम गर्ने अनुभव सँगालेका मधुवन नगरपालिका—४ स्थित सूर्यपटुवाका महिलाहरू डल्लास्थित खाता जैविकमार्गमा होमस्टे सञ्चालन गर्न थालेपछि आर्थिक रूपमा सबल बनेका छन्। डल्लामा होमस्टे सञ्चालन गर्दै आएका २० घरका महिलाहरू जीविकोपार्जन गर्दै घरपरिवार चलाउन सक्ने हैसियतमा पुगेका छन्। थारू समुदायका ग्रामीण महिलाहरू जैविक विविधता संरक्षण गर्दै यतिखेर पर्यटक घरमै भिœयाएर आम्दानी गर्न सफल बनेका छन्।
घरखर्च चलाउन मुस्किल थियो। जतिबेला होमस्टे सञ्चालन थिएन। खेतीपातीको काम मात्र गर्नुपथ्र्यो। होमस्टे चल्न थालेपछि घरखर्च मात्र होइन आम्दानीले परिवार पाल्न सक्षम बनाएको छ डल्ला होमस्टे घर नम्बर १४ की सञ्चालक चम्फी योगीथारूले भनिन्। डल्लामा २० घरले होमस्टे सञ्चालन गर्दै आएका छन्। होमस्टे सञ्चालन गर्न पाउँदा महिला बालबालिका लाभान्वित छन्। होमस्टेमा थारू परिकार खान, संस्कृति हेर्न, बस्ने प्रबन्ध छ। होटलमा भन्दा सस्तोमा होमस्टेले सेवा दिँदै आएका छन्।
सरकारले निर्माण गरेको ग्रामीण पर्यटन विकास नीतिअनुसार होमस्टेहरू सञ्चालन गर्न सके होमस्टे सञ्चालन गरेका गाउँहरूमा कोही पनि बेरोजगार नहुने खाता जैविकमार्ग होमस्टे व्यवस्थापन समिति डल्लाका अध्यक्ष परशुराम थारूले बताए। डल्ला होमस्टेमा थारू परिकार, संस्कृति, संस्कारलगायत यहाँको जैविक विविधता अवलोकन गर्न पर्यटकहरू आउँछन्। पर्यापर्यटनको यथेष्ट सम्भावना रहे पनि भौतिक पूर्वाधार लगायतका क्षेत्रमा राज्यले बेलैमा सोच्नुपर्ने उनले औंल्याए। डल्लासँगै बर्दियाका विभिन्न पालिकामा होमस्टे सञ्चालनमा छन्।
डल्ला होमस्टेमा बेलायती राजकुमार ह्यारीले पनि अवलोकन गरिसकेका छन्। पालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा योजना अघि सारेको छ। बर्दियामा जैविक विविधता, सांस्कृतिक सम्पदा, धार्मिक धरोहर, कृषि उपज, नदीजन्य स्रोतलगायतका पर्यटनको प्रचुर सम्भावना रहेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख वीना भट्टराईको बुझाइ छ। बर्दियामा पर्यटकले जैविक विविधताको आनन्दसँगै थारूलगायत विविध समुदायको सांस्कृतिक विविधता पनि अवलोकन गर्न पाउँछन्।
प्रतिक्रिया दिनुहोस !