अग्लिँदै पर्वतीय पर्यटन

देश बन्दैछ

अग्लिँदै पर्वतीय पर्यटन
फाइल तस्बिर।
सुन्नुहोस्

पर्यटन मन्त्रालय स्थापना भएपछि सरकारी स्तरबाट पनि हिमाल पर्यटन प्रवद्र्धनमा ध्यान दिइयो। निजी क्षेत्रले ट्रेकिङ एजेन्सीहरू, होटल, गाइड तालिम कार्यक्रमहरूको सुरुवात गरे। फलस्वरूप, नेपाल साहसिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न पुग्यो।

नेपालको पर्वतीय पर्यटनको इतिहास सन् १९५० को दशकबाट सुरु भएको मानिन्छ। सन् १९५० मा फ्रेन्च टोलीले अन्नपूर्ण प्रथम (९८,०९१ मिटर) को सफल आरोहण गरेपछि विश्व समुदायमा नेपालको हिमाली क्षेत्र चर्चामा आयो। सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले ८,८४९ मिटर अग्लो सगरमाथा पहिलो पटक सफलतापूर्वक आरोहण गरेपछि नेपालको पहिचान संसारभर फैलियो। यस सफलताले नेपाललाई पर्वतारोहण र साहसिक पर्यटनका लागि स्वर्ग स्वरूप गन्तव्य बनायो। त्यसयता नेपालमा विदेशी पर्वतारोही, पदयात्री र साहसिक पर्यटकको लहर बढ्न थाल्यो।

विस्तार र विकास
सन् १९६० र ७० को दशकमा नेपाल सरकारले विभिन्न पदमार्गहरू खुला गर्‍यो, जस्तै अन्नपूर्ण सर्किट ट्रेक, एभरेस्ट बेस क्याम्प ट्रेक र लाङटाङ ट्रेक। सन् १९७५ मा पर्यटन मन्त्रालय स्थापना भएपछि सरकारी स्तरबाट पनि हिमाल पर्यटन प्रवद्र्धनमा ध्यान दिइयो। निजी क्षेत्रले ट्रेकिङ एजेन्सीहरू, होटल, गाइड तालिम कार्यक्रमहरूको सुरुवात गरे। फलस्वरूप, नेपाल साहसिक पर्यटनको महŒवपूर्ण गन्तव्य बन्न पुग्यो। त्यसपछि १९९८ मा ‘भिजिट नेपाल १९९८’ अभियानले हिमाल पर्यटनलाई अझ व्यापक बनायो। पदयात्रा, आरोहण र हिमाली संस्कृति अवलोकन गर्ने पर्यटकहरूको संख्या बढ्न थाल्यो।

पछिल्लो अवस्था
कोरोना महामारी अघिसम्म नेपालले वार्षिक १२ लाखभन्दा बढी विदेशी पर्यटक भिœयाइरहेको थियो, जसमा झन्डै ३ सय ५५ पर्वतीय पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित थिए। सन् २०१९ मा मात्र करिब १७ लाख पर्यटक नेपाल आएका थिए। तीमध्ये १ लाख ७० हजारभन्दा बढी पर्यटक ट्रेकिङ, क्लाइम्बिङ वा माउन्टेन एक्टिभिटिजमा संलग्न थिए।

नेपाल सरकारअन्तर्गतको पर्यटन विभागले दिएको तथ्यांकअनुसार हाल करिब ६ सयभन्दा बढी ट्रेकिङ तथा एक्सपिडिसन एजेन्सीहरू दर्ता छन्, जसमा करिब एक लाखभन्दा बढी गाइड, पोर्टर, कुक र सहायकहरू कार्यरत छन्। यिनै श्रमिकहरू पर्वतीय पर्यटनका मेरुदण्ड हुन्।

पर्वतीय पर्यटनले राष्ट्रलाई पुर्‍याएको योगदान
नेपालको कुल गार्हस्थ्य उत्पादन–जीडीपीमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान करिब ८ प्रतिशत छ। तर अप्रत्यक्ष योगदान अझ बढी छ। विशेषगरी पर्वतीय पर्यटनले हिमाली तथा पहाडी भेगमा रोजगार सिर्जना, आधारभूत पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य पहुँच विस्तारमा मद्दत गरिरहेको छ। अझ विशेष कुरा के छ भने, एक विदेशी पर्यटकले उच्च हिमाली क्षेत्रमा बिताउने औसत खर्च अन्य सामान्य पर्यटकभन्दा दोब्बर हुन्छ। यसले स्थानीय होटल, होमस्टे, यातायात, गाइड र अन्य सेवामा प्रत्यक्ष आय सिर्जना गर्छ।

सम्भावनाहरू
नेपालको पर्वतीय पर्यटन अझै ठूलो सम्भावना बोकेको क्षेत्र हो। त्यसको आधार यस्ता छन् · हाल नेपाल सरकारले ४ सय ६१ वटा हिमालहरू आरोहण गतिविधिका लागि खुल्ला गरेको छ। त्यसमध्ये कतिपय हिमालहरू अझै पनि आरोहण हुन सकेको छैन भने अझै धेरै हिमालहरू खुल्ला हुन बाँकी छन्। यी हिमालहरूको राम्रो प्रचार गर्न सके देशका लागि प्रशस्त डलर कमाइ गर्न सकिन्छ।

चुनौतीहरू
–    कमजोर पूर्वाधार, सञ्चार, स्वास्थ्य र उद्धार सेवाको न्यूनता अझै चुनौती बनेको छ।
–    जलवायु परिवर्तन  :  हिमाल पग्लनु, अविरल वर्षा, हिउँको कमीजस्ता असरहरूले ट्रेकिङ मार्ग र सुरक्षामा असर पारेका छन्।
–    सरकारी नीति र समन्वयको अभाव  :  एउटै निकायबाट समन्वय हुन नसक्दा पर्वतीय पर्यटनको व्यवस्थापन प्रभावकारी छैन।

श्रमिकहरूको अवस्था
पर्वतीय क्षेत्रका गाइड, पोर्टर, शेर्पा, कुकलगायत श्रमिकहरू उच्च जोखिममा कार्य गर्दछन्। उनीहरूको बिमा, सामाजिक सुरक्षा, जीवन बिमा, तालिम र सुरक्षा उपकरणहरूको पहुँच अझै कमजोर छ। सगरमाथालगायत उच्च हिमाली क्षेत्रमा आरोहण र त्यससम्बन्धी काम गर्दा मृत्युवरण गर्नुपरेको छ। कतिपय श्रमिकहरू अझै पनि न्यून पारि श्रमिकमा कार्यरत छन्।

सुधारका उपायहरू
–    सञ्चार र उद्धार प्रणालीको मजबुती :  हिमाली क्षेत्रमा हेलिकप्टर उद्धार प्रणालीलाई पारदर्शी र सुरक्षित बनाइनु आवश्यक छ। साथै, स्याटलाइट फोन र ई–नोटिफिकेसन प्रणाली विकास गर्नुपर्छ।
–    गुणस्तरीय प्रशिक्षण केन्द्रको स्थापना :  गाइड, पोर्टर, शेर्पालगायतका श्रमिकहरूलाई मौसम, प्राथमिक उपचार, भाषा र संकट व्यवस्थापनसम्बन्धी तालिम दिन विशेष कार्यक्रम चलाइनुपर्छ।
–    पर्यटन बिमा अनिवार्य  :  पर्यटक र श्रमिक दुवैका लागि बिमा नीति मजबुत र प्रभावकारी बनाउनुपर्छ।
–    प्रवेश अनुमति प्रणालीलाई डिजिटल बनाइयोस् :  पेपरलेस अनुमति, क्यूआर कोड स्क्यान प्रणालीजस्ता प्रविधि प्रयोग गरेर सजिलो र पारदर्शी सेवा दिन सकिन्छ।

विश्वबजारमा नेपालको हिमाल पर्यटन ब्रान्डिङका पहलहरू
–    भिजिट नेपाल १९९८ र २०२० अभियानहरू
–    एभरेस्ट डेको वार्षिक आयोजन
–    हिमालयन ट्राभल बचत जस्ता कार्यक्रमहरू
–    नेपाल पर्वतारोहण संघको अन्तर्राष्ट्रिय सहकार्य
–    यूआईएए/यूएएएसँगको सम्बन्ध सुधार

निजी क्षेत्रका पहलहरू
–    नेपाल पर्वतारोहण संघले आरोहण परमिट व्यवस्थापन र गाइड तालिममा ध्यान दिएको छ।
–    टुरिजम रिकभरी टास्कफोर्स गठन गरेर महामारीपछि पर्यटन सुधारका कार्यहरू अघि बढाइएको छ।
–     निजी र सरकारी क्षेत्रले संयुक्त रूपमा काम गरेमा आगामी दिनमा नेपालको पर्वतीय पर्यटन अझ बलियो बन्नेछ।

चुनौतीहरू र समाधान
–    मौसम र भौगोलिक जोखिम
–    पूर्वाधारको अभाव
–    गाइड र स्टाफहरूको पेसागत क्षमता विकास आवश्यक
–    विपद् व्यवस्थापनको कमी

समाधान
–    पूर्वतयारी र उद्धार संयन्त्र मजबुत बनाउने
–    अन्तर्राष्ट्रिय स्तरका तालिम र मापदण्ड अपनाउने
–    निजी–सरकारी साझेदारी बलियो बनाउने
(गुरुङ, नेपाल पर्वतारोहण संघका पूर्वमहासचिव हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.