कोशीमा अपराधका ९ हजार बढी मुद्दा दर्ता

कोशीमा अपराधका ९ हजार बढी मुद्दा दर्ता

विराटनगर : कोशी प्रदेशमा विभिन्न अपराधसँग सम्बन्धित ९ हजार ४ सय ६१ वटा मुद्दा प्रहरीमा दर्ता भएको छ। यो तथ्यांक पछिल्लो १ वर्षको हो। २०८१ वैशाखदेखि चैतसम्म अघिल्लो वर्षको तुलनामा ३ सय ३५ बढी मुद्दा दर्ता भएका छन्। २०८० को वैशाखदेखि चैतसम्म ९ हजार १ सय २६ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए। 

कोशीमा १४ जिल्ला छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार २०८१ को वैशाखमा ८ सय ४१, जेठमा ९ सय ६२, असारमा ९ सय ६७, साउनमा ९ सय ६२, भदौमा ८ सय १७, असोजमा ६ सय १८, कात्तिकमा ८ सय ४६, मंसिरमा ७ सय २५, पुसमा ६ सय ३०, माघमा ६ सय ८३, फागुनमा ६ सय ६५ र चैतमा ७ सय ७२ मुद्दा दर्ता भएको छ। 

आत्महत्याका १ हजार २ सय ३, बैंकिङ कसुरका १ हजार ८९, लागुऔषधका १ हजार १ सय ५, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरका १ हजार ८ र भवितव्य ज्यान सम्बन्धी ७ सय ७२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ। 

चोरीका ४ सय ३०, जबरजस्ती करणीका ३ सय ९०, सवारी ज्यान सम्बन्धी २ सय ९९, ठगी र आपराधिक विश्वासघातका १ सय ९८, ज्यान मार्ने उद्योगका १ सय ३०, बहुविवाहका १ सय ८ र कर्तव्य ज्यानका ९० वटा घटना दर्ता भएका छन्। त्योबाहेक अन्य विभिन्न आपराधिक घटनासँग सम्बन्धित मुद्दा प्रहरीमा दर्ता भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.