खर्बपति बिल गेट्ससँग अर्बपति विनोद चौधरीको भेट, स्वास्थ्य र रोजगारी चुनौतीबारे छलफल

खर्बपति बिल गेट्ससँग अर्बपति विनोद चौधरीको भेट, स्वास्थ्य र रोजगारी चुनौतीबारे छलफल
सुन्नुहोस्

काठमाडौंं : चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी र विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सबीच भेटवार्ता भएको छ ।

एसियामा दिगो विकास र सामाजिक न्याय प्रबद्र्धनका लागि परोपकारी संस्थाहरूबीच सहकार्यको नयाँ ढोका खोल्ने उद्देश्यले सिंगापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स–२०२५ (पीएए–२०२५) सम्मेलनमा उनीहरूको भेटवार्ता भएको हो । 

चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौडेलले चौधरी फाउन्डेसनको अध्यक्षका रूपमा कार्यक्रममा आमन्त्रित गरिएको बताए । ‘उहाँलाई धेरै अन्तर्राष्ट्रिय प्रतिष्ठित कार्यक्रममा सहभागिताका लागि निम्तो आउने गरेको र यसपटक नेपालमा उत्कृष्ट योगदान गरेबापत सो सम्मेलनमा बोलाइएको हो । यसपटक विल गेट्ससँग भेटवार्ता भएको हो । चौधरी फाउन्डेसनले ‘बलियो नेपाल’ अभियान चलाउँदै आएको छ । यसमा गेट्स फाउन्डेसन जोडिएको छ ।’ 

भेटमा विनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे । अझ विशेष गरेर नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौंदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

सांसदसमेत रहेका चौधरीले बिल गेट्ससँग नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफलसमेत गरेका छन् । सांसद चौधरीले सोसियल मिडियामार्फत बिल गेट्ससँगको ‘साइडलाइन मिटिङ’को तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् । छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारीसम्बन्धी कार्यक्रमहरू नेपालमा पनि सञ्चालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने विषयमासमेत छलफल भएको थियो ।

२०७२ को भूकम्पपछि चौधरी ग्रुपको सामाजिक संस्था चौधरी फाउन्डेसनले तत्कालीन उद्धार तथा राहतका लागि सरकारको राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्नुका साथै भूकम्प प्रभावित जिल्लाहरूमा स्रोतसाधन प्रयोग गरेर करिब तीन हजार भूकम्प प्रतिरोधी अस्थायी आवास निर्माण गरेको थियो । साथै विद्यालय पुनर्निर्माण, खाद्यान्न र पिउने पानी वितरणमार्फत प्रभावित समुदायलाई राहत पु¥याएको थियो ।

कोभिड–१९ महामारीको समयमा पनि चौधरी फाउन्डेसनले नेपाल सरकारलाई स्वास्थ्य पूर्वाधार सुदृढ गर्न सहयोग पु¥याउँदै वीर अस्पतालमा अति सघन उपचार कक्ष (आईसीयू) र अक्सिजन प्लान्ट तथा धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गरेको थियो । सातवटै प्रदेशमा अक्सिजन कन्सन्ट्रेटर, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), पीसीआर परीक्षण किट र एन–९५ मास्क वितरण गरिएको थियो ।

बिल गेट्स, जसले विश्वकै ठूलो परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा थुप्रै विकासशील राष्ट्रहरूलाई सहयोग गर्दै आएका छन् । सिंगापुरमा भएको फिलान्थ्रपी एशिया एलायन्स–२०२५ सम्मेलनका प्रमुख आकर्षणमध्ये उनी एक हुन् । 

सिंगापुरमा सम्पन्न फिलान्थ्रपी एशिया एलायन्स २०८२ सम्मेलनमा विश्वका प्रतिष्ठित नेताहरू, परोपकारी संस्था प्रमुखहरू र नीति निर्माताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलनमा सिंगापुरका राष्ट्रपति थरमन शनमुगरत्नम्, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्स, इन्डोनेसियाका मानव विकास तथा संस्कृतिक मामिलाका समन्वय मन्त्री प्रतिक्नो, डब्लुएचओका प्रमुख वैज्ञानिक सर जेरेमी फरार, र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)का सहायक महासचिव सुसान ब्राउनलगायतका विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.