नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा

नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौं :   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्ड (सेवोन)मा बुधबार दिउँसो छापा हानेको छ । विभिन्न कम्पनीको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासनका लागि घूस मागेको समाचार प्रकाशित/प्रसारित भएपछि अख्तियारले सेबोनमा छापा हानेको हो । 

अख्तियारले आईपीओ निष्कासनका लागि अनुमति मागेका विभिन्न कम्पनीका फाइल नियन्त्रणमा लिएको स्रोतले बतायो । अख्तियारको टोली बुधबार दिउँसो ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमा एक्कासि आइपुगेको सेबोन स्रोतले जनायो । 

निजी ऊर्जा उत्पादकहरूले आईपीओ निष्कासन स्वीकृति गर्नु अगाडि धितोपत्र बोर्डले घूस मागेको आरोप लगाउँदै आएका थिए । सोही आधारमा अख्तियारले छापा मारेको स्रोतले बतायो । सेबोन स्रोतकाअनुसार अख्तियारका प्रतिनिधिहरूले सम्बन्धित विभागका कर्मचारीहरूसँग पाइपलाइनमा रहेका आईपीओ, यसको प्रक्रिया र स्वीकृतिमा ढिलाइबारे सोधपुछ गरी विस्तृत विवरण खोजेका थिए । ‘सम्बन्धित विभाग, महाशाखासँग उनीहरूले आईपीओ स्वीकृतिबारे पछिल्लो स्थिति, स्वीकृतिको प्रक्रिया, पाइपलाइनमा रहेका कम्पनी र ढिलाइ किन भयो ?   भनेर सोधेका थिए,’ स्रोतले भन्यो । 

सोही आधारमा आईपीओ पाइपलाइनमा रहेको ८९ कम्पनीबारे जानकारी दिइएको सेवोनले जनाएको छ । केही दिनदेखि निजी ऊर्जा उत्पादकहरूले लामो समयदेखि स्वीकृतिको पर्खाइमा रहेका जलविद्युत् कम्पनीको आईपीओ निष्कासन स्वीकृति गर्न कमिसन मागेको आरोप लगाउँदै आएका थिए । आईपीओ स्वीकृतिमा साह्रै कठिन भयो । कमिसन बिना काम गर्न गाह्रो भयो । पैसा नबुझाए काम अगाडि नबढ्ने भनेर केही ऊर्जा उत्पादकहरूले गुनासो गरेका थिए,’ स्रोतले भन्यो । 

आईपीओको अनुमति पर्खाइ, तर स्वीकृतिमा ढिलाइ  
नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न कम्पनीहरूको आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) निष्कासनको अनुमतिको पर्खाइमा ८९ वटा कम्पनी छन् । यो संख्या असोज १२ गतेदेखि वैशाख २१ गतेसम्म आईपीओका लागि आवेदन दिएका कम्पनीको हो । यद्यपि यसबीचमा नगन्य कम्पनीले मात्रै आईपीओ निष्कासनको स्वीकृति पाए ।

स्वीकृत कम्पनीको आईपीओमा पनि नियामक निकायका केही प्रतिनिधिलाई मोटो रकम बुझाउनु परेको आरोप लागेको थियो । कार्यभार सम्हाल्ने बेला सेबोन अध्यक्ष सन्तोषनारायण    श्रेष्ठले रोकिएका आईपीओ निष्कासन चाँडै सुरु हुने आश्वासन दिएका थिए । तर, उनले कार्यभार सम्हालेको लामो समयसम्म पनि पाइपलाइनमा रहेका कम्पनीहरूको संख्या बढ्दै गयो । 

आईपीओको अनुमति पर्खाइमा सबैभन्दा बढी हाइड्रोपावर क्षेत्रका कम्पनीहरू  छन् । जलविद्युत् कम्पनीका मात्रै ४३ वटा कम्पनी आईपीओ निष्कासनको पर्खाइमा छन् । होटल तथा पर्यटन क्षेत्रमा ९ कम्पनीहरूले आईपीओको स्वीकृति मागेका छन् । यस्तै, लगानी क्षेत्रका ३ कम्पनी, म्यानुफ्याक्चरिङ तथा प्रोसेसिङ क्षेत्रमा १८ ओटा कम्पनी, लघुवित्त वित्तीय संस्थाअन्तर्गत एउटा कम्पनी, लघुवित्तमा अर्थात् माइक्रोइन्स्योरेन्स ३ वटा कम्पनी र अन्य क्षेत्रका १२ वटा कम्पनीहरूले आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.