देश बन्दैछ

हस्तकला पुग्यो विश्वभर

हस्तकला पुग्यो विश्वभर

प्रत्येक वर्ष ६ देखि ८ अर्बबराबरको नेपाली हस्तकलाका सामग्री निर्यात हुँदै आएको छ।

नेपाल विश्वमा कलाले परिचित छ । इतिहासको पाना पल्टाउँदा सम्राट् अशोकका बाजे चन्द्रगुप्त मौर्यका मार्गदर्शक आचार्य चाणक्यको इतिहासमा पनि नेपाली राडीपाखी कम्बलको नेपालबाट झिकाएको उल्लेख छ ।

सातौं शताब्दी सामन्ती राजा अंशुवर्मादेखि नै स्रोङ चोङ गम्पोले छोरी भृकुटीलाई विवाह गरी पठाएर नेपालको इतिहासलाई चीनसँग दरिलो सम्बन्ध बनाएको थियो । सोही समयमा भृकुटीसँगै नेपाली कलाकारहरू लागि त्यहाँ फाग्पा गुम्बा निर्माण गरी नेपाली हस्तकलाको धातुपत्रबाट निर्मित मूर्तिहरू बनाइएको थियो । त्यसमा चाहे तिब्बतको फाग्पा गुम्बा होस् या केरुङको फाग्पा गुम्बा, हामीले देख्न सक्छौं । त्यस्तै इतिहासमा रहेको हाम्रो राष्ट्र विभूति अरनिको तेह्रौं शताब्दीमा कुब्लाई खाँले चिनमा गई स्वर्ण चैत्य निर्माण गरी राजाको अति विशेष पात्रको रूपमा रही कला मन्त्रीको पदले समेत सम्मान लिएको र उसको लागि सहर बस्ती नै बसालेको अनुसन्धान प्रतिवेदनमा पाउन सकिन्छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको दरबार क्षेत्रमा काष्ठकला अतुलनीय नमुना देख्न सकिन्छ। 

कलाकार अरनिको चित्रकला, मूर्तिकला साथै वास्तुकलामा समेत पोख्त थिए । र त्यस समयमा अरनिकोले ८० जना कलाकार पनि सँगै लगेको इतिहासमा देख्न सकिन्छ । त्यसैले चीनमा हालसम्म पनि नेपाली हस्तकलालाई विशेष दृष्टिले हेर्ने गरिन्छ ।त्यस्तै इन्डोनेसियाको बोरुवुवोरमा रहेको विशाल चैत्य र त्यसमा रहेको बुद्ध प्रतिमाले पनि नेपाली कला प्रस्ट रूपमा देख्न सकिन्छ । त्यसमा पनि कलाकार गुणधर्मको नाम उल्लेख गरेको छ । 

यस्तै मंगोलियामा झन् बजार भनेर त्यहाँको छुट्टै इतिहास बोकेको छ । जस्मा नेपालीकलालाई समेटेर प्रशिक्षण केन्द्र सञ्चालन गरेको छ । एलिजावेथको संग्रहालय लन्डन, जर्मनी, लस एन्जलस, फ्रान्समा आवि संग्रहालयमा पनि नेपाली हस्तकला विशेष संग्रहमा रहेको छ ।
नेपालको काठमाडौं उपत्यकाको तिनै सहरमा पनि दरबार क्षेत्र पनि यिनै हस्तकलाले सुशोभित छन् । नेपाली हस्तकलालाई विशेष स्थान दिएर राजा महेन्द्रले भारतका जवाहरलाल नेहरूको प्रमुख अतिथिमा २००६ सालमा ललितपुरको मंगलबजारमा विशेष किसिमले हस्तकला प्रदर्शनी गरिएको थियो । 

नेपाली हस्तकलामा पहिले परम्परागत हस्तकला जस्तै धातुमूर्ति, पौभा (थांका), काष्ठकला, प्रस्तरकला, गलैंचा, राडीपाखी (फेल्ट), हातेकागज, ऊनीजन्य वस्तु, धार्मिक मुखौटा, हिमाली भेगमा प्रयोग गरिने तामाका भाँडाकँुडा, तिब्बती सुनचाँदीका वस्तु आदिलाई मानियो । हाल आधुनिक रूपमा पोते, क्रिस्टल, हाडसिंगका पस्तु, पस्मिना, सिंगिङ वल, सिसाका वस्तु, सेरामिकका सामान, प्राकृतिक रेसाका लुगा तथा अन्य वस्तु नेपाली धूप आदि छन् ।

विगत ४० वर्षदेखि नेपाली आधुनिक हस्तकला पस्मिना निकै उत्कृष्ट वस्तुको रूपमा निर्यात भएको व्यापार निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेखित छ । भनिन्छ, नेपाली पस्मिना बेलायतका महारानी एलिजावेथले कार्यक्रममा जाँदा लगाएर जानु हुन्थ्यो । हाल यसलाई च्याङ्ग्रा पस्मिनाको रूपमा ब्रान्डिङ गरिएको छ । हाल पनि वार्षिक ४ देखि ६ अर्बको निर्यात भइरहेको छ ।

हाल आएर नेपाली हस्तकलामा सबैभन्दा बढी फेल्टका सरसामानहरू निर्यात भएको अवस्था छ । प्रविधिको रूपमा राडीपाखी भने पनि यसलाई आधुनिक बजारलाई मध्यनजर गरी क्रिसमसका सामग्री, घरायसी सजावटका सामग्री, घरमा प्रयोग गरिने जुत्तादेखि लिएर वासिङ मेसिनमा हालिने बलसम्म पनि यसैबाट निर्माण भएको छ । हाल दुई लाख महिला दिदीबहिनीहरू यस कार्यमा आबद्ध छन् । प्रत्येक वर्ष ६ देखि ८ अर्बबराबरको निर्यात रहेको नेपाल सरकारको तथ्यांकमा छ ।

वार्षिक ३ अर्बको धातु मूर्तिकला निर्यात
ठूलो बजार नेपाली धातु मूर्तिकलाले ओगेटेको छ । मुख्यतयाः चीन, भारत, भुटान, ताइवानमा धातु मूर्तिकला उल्लेखनीय रूपमा गएको देख्न सकिन्छ । लगभग वार्षिक तीन अर्बबराबरको धातु मूर्तिकला प्रत्येक वर्ष निर्यात हुने गरेको छ । जसले ३ देखि ५ लाखसम्मले रोजगारी पाइरहेको अनुमान गर्न सकिन्छ । 

हस्तकलाको बेजोड उदाहरण धातुपत्र कला
हस्तकलाको अर्को बेजोड उदाहरण धातुपत्र कला हो । यो धेरै गाह्रो प्रविधिको कला हो । अहिले नेपाली हस्तकलामा कम मात्र कलाकार कालिगढ यसमा संलग्न छन् ।

नेपाली कलाको विश्व बजारमा काष्ठकलाको विशेष स्थान छ । काठमाडौं, ललितपुर र भक्तपुरको दरबार क्षेत्रमा काष्ठकला अतुलनीय नमुना देख्न सकिन्छ । काठका झ्याल, ढोका, मूर्ति, फर्निचरहरू समेतमा नेपाली कलाहरू देख्न सकिन्छ ।

उत्कृष्ट हस्तकलामा सिसाजन्य वस्तु
अहिले उत्कृष्ट हस्तकलामा सिसाजन्य वस्तु पनि रहेको छ । प्रायः अमेरिका, युरोप तथा विकसित मुलुकमा यसको माग उच्च छ । विश्वको बजारको मागअनुसार सजावटका सामग्रीमा नयाँ नयाँ वस्तुको सिर्जना गर्न सके अझ यसको माग बढ्न सक्ने देखिन्छ ।
(शाक्य, नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.