कर्णालीमा ग्रामीण सडक कालोपत्रे गरिँदै

कर्णालीमा ग्रामीण सडक कालोपत्रे गरिँदै
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशका ग्रामीण सडकहरू पनि अब कालोपत्रे हुने भएका छन्। कर्णालीका ७९ वटै पालिका केन्द्रमा जोड्ने ग्रामीण सडकहरू कालोपत्रे गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेश सरकार र त्यस अन्तर्गतको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममार्फत कर्णालीका ग्रामीण सडकहरू कालोपत्रे गर्न थालिएको हो। 

दैलेखको डुंगेश्वर गाउँपालिका मुकामसम्म जोड्ने डुगेश्वर डाँडापराजुल ग्रामीण सडक गर्न सुरु गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले उक्त सडकको शिलान्यास गर्दै प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग पनि समन्वय गरी कर्णालीका सबै पालिका मुकाममा जोड्ने सडकहरू क्रमशः कालोपत्रे गरिने बताए। जसका लागि पहिलो चरण कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममार्फत कर्णालीका विभिन्न जिल्लाका २० वटा पालिकामा जोड्ने सडकहरू कालोपत्रे गर्ने तयारी गरिएको छ। 

मुख्यमन्त्री कँडेलले आवश्यकता र प्राथमिकताका आधारमा कर्णालीका हरेक सडकहरू कालोपत्रे गर्ने कार्यको थालनी भएको बताए । उनले भने, ‘अब कर्णालीका सबै सडकहरू कालोपत्रे गर्नका सरकारले तयारी थालिरहेको छ। विगतमा झ्यालबाट योजना बाँड्ने प्रथाको अन्त्य भएको छ। विकास र योजनामा थिति बसालिएको छ। सरकारले गर्ने हरेक काम पारदर्शी र जनताको मागलाई मूल ढोकाबाटै सम्बोधन गर्ने गरी सरकारले तयारी गरेको छ। यसबाट विगतको भन्दा विकास र समृद्धिको गति पनि बढ्ने अपेक्षा गरिएको छ ।’

कार्यक्रममा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले नेपालका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा लागु भएको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रममा आयोजना शिलान्यास गरी कार्य थालनी गर्ने कर्णाली पहिलो प्रदेश भएको बताए । उनका अनुसार मधेस र सुदूरपश्चिम प्रदेशमा पनि यो कार्यक्रम लागु छ । तर त्यहाँ आयोजना कार्यान्वयन हुने चरणमा पुगिसकेको छैन ।  

 विश्व बैंकको ऋण सहायतामा सञ्चालन हुने गरी संघ सरकारको समन्वय तथा स्थानीय तहको सहयोगमा प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी पूर्वाधार विकास कार्यालयले रेखदेखको जिम्मेवारी लिने गरी उक्त सडक कालोपत्रे हुन लागेको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम कार्यान्वयन ईकाई सुर्खेतका प्रमुख यगेन्द्र धरालाले डुगेश्वर डाँडापराजुल करिब ८ किलोमिटर सडक कालोपत्रेका लागि २८ करोड १२ लाख ७५ हजार ९ सय ३७ रुपैयाँमा लागतमा निर्माण हुन लागेको बताए । उनका अनुसार उक्त सडक निर्माणको जिम्मा अमर–खड्काकृष्ण–वासना जेभीले २४ करोड बढीमा ठेक्का सम्झौता गरेको छ । 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.