नुवाकोट दरबारमा खानेपानीका उपकरण हस्तान्तरण

नुवाकोट दरबारमा खानेपानीका उपकरण हस्तान्तरण
सुन्नुहोस्

नुवाकोट : नुवाकोट दरबारमा खानेपानीका उपकरण हस्तान्तरण गरिएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको दरबारको पुनर्निर्माणका क्रममा सहभागीलाई पानी उपलब्ध गराउनका लागि सामग्री हस्तान्तरण गरिएको हो।

विदुर नगरपालिका-२ स्थित प्रसिद्ध सो दरबारको पुनर्निर्माणका क्रममा सहभागीहरूलाई पानी उपलब्ध गराउन पाइप लगायतका संरचनाहरू उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाका मेयर राजन श्रेष्ठले झण्डै दुई सय मिटर लम्बाइको पाइप हस्तान्तरण गरे। ड्वाचे खानेपानी योजनाको सम्बद्ध पक्षसँग समन्वय गरेर आवश्यक पाइप मेयर हस्तान्तरण गरिएको हो। 

उनले ऐतिहासिक नुवाकोट दरबार खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई २५ एमएमको एक हजार आठ सय मिटर लामो पाइप हस्तान्तरण गरिएको बताए। उक्त पानी दरबार पुनर्निर्माणसँगै स्थानीय ७० घरधुरीलाई समेत उपलब्ध हुने जनाइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.