सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा
नुवाकोट : नुवाकोटको सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा सुरु भएको छ। विदुर नगरपालिका-२ बट्टारस्थित भीमसेन माविमा प्रविधिमैत्री शिक्षण प्रक्रियाको शुभारम्भ गरिएको छ।
बागमती प्रदेश सरकारको सामाजिक विकास कार्यालय धादिङद्वारा चालु आव २०८१/०८२ को विद्यालय व्यवस्थापन सुधार तथा गुणस्तर अभिवृद्धि कार्यक्रमअन्तर्गत विनियोजित अनुदानमार्फत सो विद्यालयमा स्मार्ट बोर्ड तथा प्रत्येक कक्षामा बोर्ड कास्टिङ सिस्टमको जडान गरि पठनपाठन सुरु गरिएको प्रधानाध्यापक राधिका घलेले बताइन्।
उनका अनुसार प्रविधिप्रति विद्यार्थीहरूको आकर्षण बढिरहेको छ। चालू शैक्षिक सत्रको सुरुआतसँगै कक्षा ६ देखि १० सम्म उक्त प्रविधिमार्फत पठनपाठन सुरु भएको हो। सो विद्यालयमा कक्षा ६ सम्म अंग्रेजी माध्यमबाट अध्यापन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !