बुढीगंगामा दीर्घकालीन समृद्धिको साझा एजेन्डा तय गर्न ‘कचहरी’ कार्यक्रम

बुढीगंगामा दीर्घकालीन समृद्धिको साझा एजेन्डा तय गर्न ‘कचहरी’ कार्यक्रम
सुन्नुहोस्

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा दीर्घकालीन समृद्धि र समन्वित विकासको स्पष्ट दिशा तय गर्नका लागि बुढीगंगा विकास ‘कचहरी’ नामक विशेष बहसात्मक कार्यक्रम सुरु गरिएको छ। 

स्थानीय तहमा विकासको मार्गचित्र कोर्न तीन दिनसम्म सञ्चालन हुने यो कार्यक्रमको सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे। 

कार्यक्रमको उद्देश्य दीर्घकालीन विकास योजनालाई स्थानीय राजनीतिक दलहरूसँग समन्वयमा साझा एजेन्डा बनाउँदै अघि बढाउनु रहेको नगरप्रमुख रामबहादुर बानियाँले बताए। नगरप्रमुख बानियाका अनुसार“हामी कचहरी मार्फत आगामी बजेटमात्र होइन, बुढीगङ्गालाई २० वर्षपछि कस्तो बनाउने भन्ने दृष्टिकोणलाई समेत समेटेर छलफल गरिरहेका बताए।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, सुशासन, विपद् व्यवस्थापन लगायत ११ मुख्य क्षेत्रलाई प्राथमिकता दिँदै अवधारणापत्र प्रस्तुत गरिएको छ। कचहरीको यो अभ्यास गाउँघरको परम्परागत छलफल संस्कृतिलाई आधुनिक योजनामा रूपान्तरण गर्ने प्रयास स्वरूप गरिएको छ।

हरेक निर्वाचनमा लफडा हुने झगडा हुने मान्छे मारिने निर्वाचन रोकिने जस्ता नकरात्मक विषयले मात्र चर्चा पाइराख्ने जिल्लालाई यो कचहरीले  राजनीतिक दलहरू  राजनीतिक सहकार्य, दीर्घकालीन दृष्टिकोण, तथा विषयगत योजना निर्माणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको नगर प्रमुख बानियाँले बताए।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बरराज जोशीले ३ दिनसम्म घनीभूत छलफल सुझाव सल्लाहका आधारमा कार्यक्रमको अन्तिम दिनमा गहन छलफलपछि साझा घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.