एमाले तादीको अध्यक्षमा मैनाली निर्वाचित

एमाले तादीको अध्यक्षमा मैनाली निर्वाचित
सुन्नुहोस्

नुवाकोट : नेकपा एमाले तादी गाउँ संगठन कमिटीको अध्यक्षमा माधवप्रसाद मैनाली निर्वाचित भए। शनिबार सम्पन्न दोस्रो अधिवेशनले संस्थापन पक्षका मैनालीले ६१ मत पाएर विजयी हुँदा उनीसँग संस्थापन इतरका ६० मत ल्याएर राजकुमार ओझा एक मतले पराजित भए। 

उपाध्यक्षमा  प्रेमबहादुर तामाङ निर्विरोध भए। सचिवमा भएको मतदानमा संस्थापन पक्षका रामबहादुर तामाङले ६९ मत पाएर विजयी भए। 

उनका निकटतम खड्गबहादुर पण्डितले ४७ मतमा चित्त बुझाए। मतदानमा एकसय २८ मध्ये एकसय २२ मत खसेको थियो। 

उपसचिवमा वीरबहादुर तामाङ र अस्मिता तामाङ निर्विरोध चुनिए। सदस्यहरू सबै पद निर्विरोध चयन भएका छन्। लेखा कमिटी  संयोजकमा गोपाल आचार्य निर्वाचित भए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.