रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
सुन्नुहोस्

त्रिवेणी : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई  दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो। दुर्घटनामा परी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। 

उनका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका-७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन्। सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए।

घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.