प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। सेयर कारोबार साताको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४३ अंकले बढेर २६५०.५४ विन्दुमा अडिएको छ।
यो समयमा ६९ स्क्रिप्सको १० हजार ६४९ कित्ता सेयर ९७ लाख ३७ हजार ८४२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३१ स्टक्सको मूल्य बढ्दा ३६ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !