त्रिशूली नदीमा दुई किशोरी बेपत्ता
नुवाकोट : नुवाकोटको कल्चौंडेमा त्रिशूली नदीले बगाएर दुई किशोरी बेपत्ता भएका छन्। बेलकोटगढी नगरपालिका-७ कल्चौडेस्थित त्रिशूली नदीमा कपडा धुन तथा नुहाउन गएका स्थानीय दुई जना किशोरीलाई मंगलबार बेलुकी त्रिशूली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
स्थानीय ११ वर्षीया जेनी डंगोल सोही उमेरकी सदीक्षा राई नुहाउने क्रममा त्रिशूली नदीमा डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए।
उनका अनुसार नदी डुबेर बेपत्ता दुवै किशोरीहरूको खोजी कार्य जारी रहेको छ। उनीहरू दुवै स्थानीय शिलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत रहेका थिए।
प्रतिक्रिया दिनुहोस !