अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले सीए पढ्न पाउने

अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले सीए पढ्न पाउने
सुन्नुहोस्

काठमाडौं : नेपालमा अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्न पाउने भएका छन्। यससँगै अब १२ कक्षामा २ जिपिए ल्याएका विद्यार्थीले समेत सीए अध्ययन गर्न पाउने छन्। जबकी यसअघि तोकिएको विषय लिएर जीपीए २.४० ल्याएर १२ उत्तीर्ण गरेकाले मात्रै अध्ययन गर्न पाउने प्रावधान थियो।

लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले लेखा व्यवसायको एक अग्रणी संस्था दि ईन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन इंगल्याण्ड एण्ड वेल्स (आईसीएईडब्लु)सँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो। 

यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागू गरिने भएको छ। 

सिएको नयाँ पाठ्यक्रम भए पनि अध्ययन शुल्कमा भने फेरबदल नभएको आइक्यानले बताएको छ। विगत २६ वर्षदेखि चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदान गर्दै आएको आईक्यानले भने अब समय सान्दर्भिक पठनपाठन गराउन पाठयक्रममा परिवर्तन ल्याएको हो।

नयाँ पाठ्यक्रम लागू गरेसँगै सिए अध्ययनका लागि यसअघिका सबै सीमा हटाएर जुनसुकै विषयबाट आएका विद्यार्थीलाई पनि प्रवेश गर्ने सुविधा ल्याएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संसथा(आइक्यान)का अध्यक्ष सीए प्रविण कुमार झाले बताए। 

नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेन्स् (आईएफएसी)बाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (आईईएस) अनुरूप विकास गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.