पोखरामा माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

पोखरामा माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

मलेखु : धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। 

मृतकमध्ये पोखरा महानगरपालिका-२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जनाको सनाखत हुन बाँकी छ।

दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.