हुण्डीमार्फत अवैध कारोबार गरेको आरोपमा सात जना पक्राउ
झापा : हुण्डीमार्फत अवैध वित्तीय कारोबार गरेको आरोपमा झापाबाट सात जना पक्राउ परेका छन्। प्रहरीले मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी बजारबाट उनीहरूलाई बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कविस मारु, अनुज मारु, निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल, सुनिल राई रहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये केही धुलाबारीका ठुला व्यापारी हुन्। उनीहरूले अवैध रूपमा अरबौँ रकम कारोबारी गरेको प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !