समाजवादी मोर्चाको कार्यक्रमप्रति झलनाथ खनाल असन्तुष्ट

समाजवादी मोर्चाको कार्यक्रमप्रति झलनाथ खनाल असन्तुष्ट
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन्। निर्मल लामा स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौती विषयक विचार गोष्ठीमा खनालले कोठा– कोठामा कार्यक्रम गरेर समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसक्ने भन्दै समाजवादी कार्यक्रम गर्नुपर्ने बताएका हुन्।

समाजवादी मोर्चाको क्रियाकलाप आफूलाई चित्त नबुझेको उनले बताए। कतिपयलाई बामपन्थी समाजवादी नामको मोर्चा मन नपरेको भन्दै उनले बाम मोर्चा बनाए अझै धेरै दल समावेश हुन सक्ने धारणा राखे।

समाजवादी यात्रा अघि बढाउन सडकमार्फत जनतालाई एकीकृत गर्नुपर्ने उल्लेख गर्दै खनालले संसदीय संघर्षमात्रै भए संसदवादमा टुङ्गिने उल्लेख गरे। त्यस्तै उनले कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन गर्नुपर्नेमा जोड दिए।

खनालले बामपन्थी एकता नभए ८४ को निर्वाचनमा बामपन्थी दलहरूको अवस्था थप कमजोर हुने देखिएको उल्लेख गरे। उनले राजावादीहरूले संविधानलाई कुल्चिएर हिँडिरहेको अवस्थामा क्रान्तिकारी पार्टीहरूले संसद् र गणतन्त्रलाई उपयोग गर्छु भन्न सक्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.