स्वास्थ्य केन्द्रको भवन उद्घाटन
नुवाकोट : नुवाकोटको तारकेश्वरमा एकैपटक तीनवटा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ। भारत सरकारको सहयोगमा निर्माण भएको भवनको उद्घाटन गरेर स्वास्थ्य सेवा समेत सञ्चालन गरिएको हो।
तारकेश्वर गापा ३ को जोरचौतारा र तारुका स्वास्थ्य आयुर्वेद भवन तथा तारकेश्वर ४ को थप बुधसिङ स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरी सेवा सञ्चालन गरिएको हो।
भूकम्प प्रतिरोधी आधुनिक पक्की तीनवटै भवनको कुल लागत ६ करोड रुपैयाँ रहेको तारकेश्वर गापा कार्यालयले जनाएको छ। नवनिर्मित भवनको पालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले एकैपटक उद्घाटन गरे।
प्रतिक्रिया दिनुहोस !