'सीमान्तकृत समुदायको उत्थानका लागि बजेट आउनुपर्छ'

'सीमान्तकृत समुदायको उत्थानका लागि बजेट आउनुपर्छ'
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस सांसद नारायण प्रसाद साउँदले सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट निर्माण गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साउँदले  विगतको अनुभवबाट पाठ सिकेर सीमान्तकृत समुदायको उत्थानका लागि बजेट निर्माण गर्नुपर्नेमा जोड दिए।

'विगतमा भएका अनुभव र विद्रोहबाट पाठ सिक्दै सामाजिक न्याय र विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट निर्माणका लागि सरकारलाई सभामुखमार्फत् सुझाव दिन चाहन्छु,'उनले भने।'

विकासको सूचांकले गाउँबस्ती पछाडि पारेको, दुर्गम बस्तीहरू उजाड हुँदै गएको र देशका पछाडी परेका सूदूरपश्चिमको कर्णाली र मधेश प्रदेश विकासमा उपेक्षित हुँदै गएको बताउँदै बजेट उत्पादन र नतिजामुखी हुनुपर्ने बताए।

उनले नेपालमा असन्तुलित विकास र पहुँचवालकै  हालिमुहाली हुँदा बजेटमा लामो समयदेखि विवाद हुँदै आएको बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.