सिन्धुलीमा सामूहिक बगरखेती

सिन्धुलीमा सामूहिक बगरखेती
सुन्नुहोस्

सिन्धुली : कुनै बेला मरिण नदी पसेर खेतीयोग्य जमिन कटान गर्दा बगरमा परिणत भएको सिन्धुलीको मरिण गाउँपालिका २ सिन्धुरेदोभान बगर अहिले हरियाली छ। मरिण नदीले कटान गरेर बनेको बगर छेउछाउमा खरबुजा, फर्सी, लौका, बोडी, भिन्डी लगायतका मौसमी तथा बेमौसमी खेतीले हरियाली देखिएको हो। 

स्थानीय कृषकहरूले सामूहिक रूपमा गर्दै आएको सोही बगरखेतीको चर्चा यतिबेला संसद् भवनसम्म चुलिएको छ। जसले प्रचार–प्रसारसँगै आम्दानीसमेत बढाइदिएको छ। तीन दिनअघि सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले मरिणको सामूहिक बगरखेतीबाट उत्पादन भएको खरबुजा खुमल्टार पुगेर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपहार दिए। त्यसको चर्चा नसेलाउँदै पूर्वयुवा तथा खेलकुदमन्त्री तथा रास्वपाका सांसद विराजभक्त श्रेष्ठले मरिणको बगरमा उत्पादन भएको खरबुजा खेतीको संघीय सांसद् भवनमै चर्चा सँगै प्रशंसासमेत गरे।

नीति तथा कार्यक्रम माथि टिप्पणी गर्ने क्रममा संसद् भवनमा सांसद श्रेष्ठले भने, ‘म आज सकारात्मक नोटबाट छलफलमा भाग लिन चाहन्छु, कृषि अधिकृत प्रवेश देवकोटाले हरिहरपुरगढी स्थित मरिणको बगरमा गरिएको बगरखेतीबाट १० हजार केजी खरबुजा बिक्री गरिसक्नुभएको छ। युवा उद्यमीहरूले आफ्नो काम गरिरहेका छन्। यो देश पुरातन शैली र पुरातन नेतृत्वबाट बन्छ भन्ने आशा छैन, नबिगारिदिए युवा युद्यमीहरूले यसरी नै राम्रो काम गर्न सक्छन् भन्ने कुरा दर्ज गर्न चाहन्छु।’

पूर्वमन्त्री श्रेष्ठले भनेजस्तै सिन्धुलीको मरिण खोला बगरमा युवा कृषकहरूले झन्डै २० बिगहा बढी बगरमा सामूहिक बगरखेतीबाट लाखौंंको खरबुजा उत्पादन गरी बिक्री थालेका छन्।

यहाँको खरबुजा स्थानीय बजारसँगै काठमाडौंंंको दरबारमार्गस्थित रैथाने कृषि बजारमा समेत नियमित बिक्री थालिएको छ। यहाँको खरबुजा हालसम्म १७ हजार किलोग्राम बढी बिक्री गरी १० लाख रुपैयाँ बढी आम्दानी लिइसकेका छन्। मरिण गाउँपालिका–२ को सिन्धुरे दोभान, ३ को नक्कली, ७ को जयमंगलमा गरी करिब १३ बिगाहा क्षेत्रफल बगरमा खरबुजालगायत तरकारी खेती गरिएको छ।  हरिहरपुरगढीस्थित मरिण र बागमती बगरमा मात्र ४ बिगाहा क्षेत्रफलमा खरबुजा खेती गरिएको छ। मरिण २ को सिन्धुरे दोभानमा पशुपति कृषि तथा लघुउद्यम समूह गठन गरेर १७ जना कृषकहरूले सामूहिक बगरखेती गर्दै आएका छन्। 

वडा नम्बर ७ को जयमंगलमा अनुज योन्जनका दाजुभाइले खरबुजा खेती गरेका छन्। हरिहरपुरगढी गाउँपालिकामा जागरण कृषि समूह गठन गरेर त्यहाँँका १२ जना कृषकहरूले चार वर्षदेखि बगरमा खरबुजा खेती गर्दै आएका हुन्। यी दुवै पालिकामा बगर खेती गर्ने कृषकहरूलाई गाउँपालिकाले आर्थिक, प्राविधिक, बिउबिजन, तथा औषधीहरू उपलब्ध गराउँदै आएका छन्। मरिण गाउँपालिका २ का वडाध्यक्ष कमलबहादुर आलेमगरका अनुसार सिन्धुरेदोभाका कृषकहरूले उत्पादन गरेको मात्र ७ हजारबढी किलो खरबुजा बिक्री गरी आम्दानी लिइएको छ। अझै सोही हाराहारीमा बगरमा उत्पादन भएको छ।

सुरुमा बजार नपाउने हो कि भन्ने चिन्ता लिएका किसानहरूको उत्पादन मरिण, सिन्धुली, मकवानपुरको हेटौंडा, रामेछाप, दोलखा हुँदै काठमाडौं सहरसम्म पुग्न थालेको छ। अझ प्रचण्डलाई उपहार र संसद् भवनमा समेत चर्चा चलेपछि मरिण बगरको खरबुजाको माग बढ्न थालेको छ।

स्थानीय ३० जना बढी युवाहरूले सामूहिक रूपमा खरबुजा तथा तरकारी खेती गर्दा मरिणको सुक्खा बगर हरियाली मात्र देखिएको छैन उनीहरूले मनग्य आम्दानीसमेत गर्न थालेका छन्। मरिण र हरिहरपुरगढी गाउँपालिका क्षेत्रभित्र पर्ने मरिणको बगरमा गाउँपालिका र युवाहरूको सामूहिक लगानीमा खेती गर्दा सुक्खा बगरामा झण्डै ३० लाखको खरबुजा उत्पादन भएको छ। २० लाख बढीको फर्सी, लौका, घिरौंला, बोडी, करेला उत्पादन भइरहेको छ। उनीहरूले उत्पादित खरबुजा तथा तरकारीलाई चैतको अन्तिम सातादेखि बिक्रीका लागि बजारमा ल्याएका हुन्। 

नदी, खोला नजिकै भएकाले सिँचाइको पनि खासै समस्या छैन। मौसमले साथ दियो भने उत्पादन अझै बढ्न सक्छ। बगरमा उत्पादन भएको खरबुजा ५० देखि ६० रुपैयाँसम्म केजीको बिक्री हुने गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.