विमानस्थलस्थित अध्यागमन प्रमुखलाई सामान्य सोपुछपछि छाडियो
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई सामान्य सोधपुछपछि छाडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसमेत रहेका भट्टराईलाई बोलाएको बेला उपस्थित हुनेगरी छाडिएको अख्तियार स्रोतले जानकारी दिएको छ।
भिजिट भिसामा जानेहरूसँग अनधिकृतरूपमा पैसा असुली गरेको सूचनापछि अख्तियारको टोलीले बुधबार विमानस्थलस्थित कार्यालयमा छापा मारेको थियो। सोही क्रममा प्रमुख भट्टराईसहित केही कर्मचारीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको थियो।
अख्तियारले अध्यागमन कार्यालयको महत्त्वपूर्ण कागजात र कम्प्युटर जफत गरेर अनुसन्धान थालेको स्रोतको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !