लोडसेडिङको हल्लामा कुनै सत्यता छैन : हितेन्द्र देव शाक्य

लोडसेडिङको हल्लामा कुनै सत्यता छैन : हितेन्द्र देव शाक्य
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन्। 

बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे।

विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उनले बताए। उनले मुलुकमा अहिले विद्युत् अभावको समस्या नरहेको भन्दै अहिले भइरहेको ट्रिपिङको समस्यालाई चाडै नै समाधान गरिने धारणा राखे।

शाक्यले विद्युत् आपूर्तिको स्थितिमा बर्षेनि सुधार भइरहेको बताउँदै विश्वसनीय विद्युत् आपूर्ति प्राधिकरणको प्रमुख ध्येय रहेको बताए। निजी क्षेत्र र उद्योगीहरूले सबैभन्दा बढी विद्युत् उपभोग गरेर विद्युत् प्राधिकरणको व्यापार वृद्धिमा सहयोग पुर्‍याएकाले सम्मान गर्ने नीति लिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.