इन्डोनेसियाको सुमात्रामा भूकम्प जाँदा सयौं घरमा क्षति

इन्डोनेसियाको सुमात्रामा भूकम्प जाँदा सयौं घरमा क्षति
सुन्नुहोस्

जकार्ता : इन्डोनेसियाको सुमात्रा टापु नजिकै शुक्रबार ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पका कारण १०० भन्दा बढी घरमा क्षति पुगेको छ, यद्यपि हालसम्म कुनै मानवीय क्षतिको खबर भने आएको छैन।

युएसजिएसका अनुसार भूकम्प शुक्रबार स्थानीय समय अनुसार बिहान २:५२ बजे बेङ्कुलु प्रान्त नजिकै समुद्रमा, करिब ६८ किलोमिटरको गहिराइमा गएको थियो।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु र भूगर्भीय एजेन्सी (बीएमकेजी) ले भूकम्पको केन्द्रविन्दु ८४ किलोमिटर गहिराइमा रहेको र यसको परिमाण ६.० म्याग्निच्युड रहेको बताएको छ। एजेन्सीले यो भूकम्पबाट सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ।

राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीका अनुसार भूकम्पले बेङ्कुलु सहरमा मात्र १४० घर प्रभावित पारेका छन्, जसमा कम्तीमा आठवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्। “ती घरहरूको पुनर्निर्माण सम्भव छैन,” मुहारीले एक पत्रकार सम्मेलनमा बताए।

साथै सेन्ट्रल बेङ्कुलु जिल्लामा दुईवटा घरमा सामान्य क्षति भएको उल्लेख गरिएको छ। अहिलेसम्म भूकम्पका कारण कुनै हताहतको खबर आएको छैन।

इन्डोनेसिया प्रशान्त महासागरको 'रिङ अफ फायर' मा अवस्थित भएकाले बारम्बार भूकम्पीय गतिविधिको सामना गर्दै आएको छ। यो क्षेत्रमा टेक्टोनिक प्लेटहरूका घर्षणले तीव्र भूकम्प उत्पन्न हुने गर्दछ।

यसअघि सन् २०२१ जनवरीमा सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १०० भन्दा बढीको मृत्यु भएको थियो। त्यस्तै, सन् २०१८ मा पालूमा गएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले २,२०० भन्दा बढीको ज्यान लिएको थियो। सन् २००४ मा आचे प्रान्तमा गएको ९.१ म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको विशाल सुनामीले १ लाख ७० हजारभन्दा बढीको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.