अमेरिका बाहिर बनेका आइफोनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बाहिर निर्माण गरिएका एपलका आइफोनहरूमा २५ प्रतिशत आयात शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका छन्। त्यस्तै २०२५ को जुन महिनाबाट युरोपेली संघबाट आउने सामानहरूमा पनि ५० प्रतिशतसम्मको ट्यारिफ लगाउने बताएका हुन्।
शुक्रबार ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, 'मैले एपलका टिम कुकलाई पहिल्यै स्पष्ट गरिसकेको छु, अमेरिकामा बिक्री हुने सबै आइफोनहरू अमेरिकामै उत्पादन हुनुपर्छ। भारत वा अन्य देशहरूमा होइन।' त्यस्तो भएन भने एपलले अमेरिकामा कम्तीमा पनि २५ प्रतिशत ट्यारिफ तिर्नुपर्ने उनले चेतावनी दिएका हुन्।
उनले अर्को पोस्टमा युरोपेली संघमाथि ट्यारिफ लगाउने विषयमा भनेका छन्, 'अमेरिकासँग व्यापारमा फाइदा लिनका लागि बनेको युरोपेली संघसँग सम्झौता गर्नु अत्यन्त कठिन भएको छ।'
प्रतिक्रिया दिनुहोस !