‘भिजिट भिसा’ प्रकरणबारे छलफल गर्न देउवानिवासमा कांग्रेस पदाधिकारी बैठक

‘भिजिट भिसा’ प्रकरणबारे छलफल गर्न देउवानिवासमा कांग्रेस पदाधिकारी बैठक
फाइल तस्बिर।

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्। 

बैठकमा पार्टीको क्रियाशील सदस्यता र नवीकरणको अवस्था, आगामी आर्थिक वर्षको बजेट,  ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र समसामयिक विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

कांग्रेसले सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ। यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट जेठ १५ गते संसद्‍मा पेस गर्दैछ। 

यता भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराएको आरोप लागेपछिअध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान जारी रहेको छ। भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको समेत नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै उठेको छ। उक्त प्रकरणलाई लिएर कांग्रेसबाट गृहमन्त्री बनेका लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्दै पार्टीभित्र फरक-फरक धारणा आउन थालेका छन्। लेखकले आफ्नो संलग्नता नरहेको दाबी गरेपनि उनको सचिवालयमा विवादित पृष्ठभूमि रहेका कर्मचारी रहेका छन्। 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।  कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गर्दै आएका छन्। उनले भने, ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’ उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए।

यसैबीच विपक्ष दलले गृहमन्त्रीले राजीनामा नदिए मंगलबारको संसद अवरुद्ध गर्ने र राजीनामा माग्ने तयारी गरेका छन्। यसबारे आधिकारिक धारणा बनाउन कांग्रेसले बैठक बोलाएको हो। यस अगाडि शनिबार पनि लेखकसहित कांग्रेसका शीर्ष नेताबीच अनौपचारिक छलफल भएको थियो।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.