प्रि ओपन सेसनमा ३२.७० अंकले बढ्यो नेप्से परिसूचक
जेठ १२, २०८२ सोमबार ११:४:५२
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक ३२.७० अंकले बढेर २७१२.६९ विन्दुमा अडिएको छ।
१३६ स्क्रिप्सको १ लाख १६ हजार ४३४ कित्ता सेयर ४ करोड १० लाख ३५ हजार ७१४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२७ स्टक्सको मूल्य बढ्दा ५ वटाको घट्यो।