पदाधिकारी बैठक

गृहमन्त्री लेखकमाथि नियोजित अफवाह फैलाइयो, संसद अवरुद्ध गर्नुपर्ने आधार छैन : कांग्रेस प्रवक्ता महत


काठमाडौं : नेपाली कांग्रेसले बिना आधार गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ। आज बिहान सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले सामाजिक सञ्जाल र मिडियामा आएका अफवाहको भरमा राजीनामा नदिने बताएका हुन्।

‘विपक्षीले संसद अवरुद्ध गर्नुपर्ने कुनै आधार छैन। न उहाँ  (गृहमन्त्री रमेश लेखक) छानबिनको दायरामा हुनुहुन्छ। न उहाँलाई कसैले प्रत्यक्ष वा ठोस आरोपित गरेर आरोप दर्ता गरेको छ। बिना आधारसामाजिक सञ्जालमा सुनियोजित रुपमा फैलाइएको अफवाहको आधारमा संसद अबरुद्ध गर्नुहुँदैन।’ उनले भने,‘रवि लामिछानेको केशमा आरोप आयो र दर्ता भएको भएपछि संसदीय छानबिन समिति गठनको माग गरिएको हो। छानबिनले आधार देखिएपछि त्यो भएको हो।’

उनले अफवाहको सिकार आफ्नै साथी भएकाले पार्टीभित्र केही नेताले मार्ग प्रशस्त गर्न आग्रह गरेको तर्क गरे। महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको भन्दै त्यसमा संलग्न रहेकालाई कारवाही हुनुपर्ने बताए। बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तथा कुनै कमजोरी नगरेको जिकिर गरेका थियो। बैठकले यस विषयमा संसद भित्र र बाहिर आफ्नो कुरा स्पष्ट राख्न गृहमन्त्रीलाई सुझाव दिएको महतले जानकारी दिए।

भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको समेत नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै उठेको थियो। उक्त प्रकरणलाई लिएर कांग्रेसबाट गृहमन्त्री बनेका लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्दै पार्टीभित्र फरक-फरक धारणा आउन थालेपछि आज बैठक बोलाइएको हो। 

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराएको आरोप लागेपछि अख्तियारले छापा हानेर अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ गरेको थियो। हाल उनीमाथि अनुसन्धान जारी रहेको छ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। उनले भने, ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’ उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए।

यसैबीच विपक्ष दलले गृहमन्त्रीले राजीनामा नदिए मंगलबारको संसद अवरुद्ध गर्ने र राजीनामा माग्ने तयारी गरेका छन्। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.