अस्ट्रेलियाको भिक्टोरियामा छुरा बिक्रीमा प्रतिबन्ध

अस्ट्रेलियाको भिक्टोरियामा छुरा बिक्रीमा प्रतिबन्ध
सुन्नुहोस्

अस्ट्रेलिया : मेलबर्नको एक सपिङ सेन्टरमा भएको हिंसात्मक झगडापछि अस्ट्रेलियाको भिक्टोरिया राज्यले छुरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। उक्त राज्यले यसअघि तोकेको मितिभन्दा तीन महिनाअघि नै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

उक्त प्रतिबन्ध बुधबारदेखि लागू हुनेछ। यसअघि सेप्टेम्बरमा मात्र कार्यान्वयन हुने बताइएको थियो। प्रतिबन्धको निर्णय आइतबार दिउँसो मेलबर्नको प्रेस्टनस्थित नर्थल्याण्ड सपिङ सेन्टरमा दुई समूहबीच भएको छुरा आक्रमणपछि लिइएको हो। घटनामा २० वर्षीय एक युवक गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको बताइएको छ। 

भिक्टोरियाकी मुख्यमन्त्री ज्यासिन्टा एलनले आक्रमणलाई 'भयानक' भनेकी छन्। 'सर्वसाधारणले किनमेल गर्ने ठाउँहरूमा  यस्ता हतियारहरू देख्नुपर्ने वा प्रहरीलाई त्यसको सामना गर्नुपर्ने अवस्था आउनु हुँदैन। यो प्रतिबन्धले हतियारको आपूर्ति नाकाबन्दी गर्नेछ,' उनले भनेकी छन्।

आक्रमणसँग सम्बन्धित अभियोगमा १६ र १५ वर्षका दुई किशोरलाई झगडा, जानाजानी चोट पुर्‍याएको र नियन्त्रित हतियारको प्रयोगसम्बन्धी अभियोग लगाइएको छ। सोमबार प्रहरीले थप २० र १८ वर्षीय दुई युवकलाई पक्राउ गरी सोधपुछ भइरहेको जनाएको छ। घटनामा संलग्न चारै जना प्रहरीको निगरानीमा पहिले नै परेका व्यक्ति थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.