सांसदहरूले प्रश्न सोध्न नपाइ गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य हुँदैन : रास्वपा

सांसदहरूले प्रश्न सोध्न नपाइ गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य हुँदैन : रास्वपा
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि अनुसन्धानका लागि मार्गप्रसस्त गर्नुपर्ने भन्दै मंगलबार बस्ने संसद बैठकमा सशक्त प्रतिपक्षी रूपमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको रास्वपा कार्यबहाक प्रवक्ता मनिष झाले बताए।

उनले सदनमा सांसदहरूले प्रश्न सोध्न नपाइ गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य नहुने स्पष्ट पारे। पहिला तथ्यका साथ आफूहरूले गृहमन्त्रीलाई प्रश्न गर्ने र त्यसपछि मात्रै जवाफ सुन्ने झाले बताए। उनले कांग्रेस नेतासमेत रहेका गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा क्लीन चिट दिने अधिकार कांग्रेस पदाधिकारीलाई नरहेको तर्क गरे।

उनले भिजिट भिसा प्रकरणमा अनुसन्धानका लागि कांग्रेसले सहजीकरण गर्नुपर्ने बताए। यसअघि आफ्ना नेतामाथि प्रश्न उठ्दा कांग्रसले २२ पटक सदन अवरोध गरेको विषय पनि सदनमार्फत स्मरण गराइने उनले बताए। उनले अरु दलभन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.