इयूको कालोसूचीबाट हटाउने गरी मापदण्ड पूरा गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियन युनियन (इयू)को कालोसूचीबाट हटाउने गरी मापदण्ड पूरा गर्न निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संबादमा प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित रहेकोमा शर्तबमोजिम हवाइ क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
इयूको कालोसूचीबाट हट्न सके युरोपलगायतका ठाउँका पर्यटकहरूलाई नेपाल आउन सहज हुने प्रधानमन्त्रीको भनाइ छ। उनले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिनसमेत निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस !