जेठ १२ गते बसेको मन्त्रिपरिषदका २८ निर्णयहरू (सूचीसहित)

जेठ १२ गते बसेको मन्त्रिपरिषदका २८ निर्णयहरू (सूचीसहित)
सुन्नुहोस्

काठमाडौं : सरकारले सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार सिंहदरबारमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। निर्णयहरू सार्वजनिक गर्दै उनले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवातर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ । बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै बिज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

मन्त्रिपरिषद्ले जापान सरकारबाट छात्रबृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए।

त्यस्तै बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा बरिष्ठ वैज्ञानिक डा .कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी इपिएसमार्फत् नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको छ । 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.