विश्वभरका पर्यटकलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्छ : पर्यटनमन्त्री

विश्वभरका पर्यटकलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्छ : पर्यटनमन्त्री

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्‍वले गौरव गर्ने बताएका छन् । बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवर्द्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटकलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।

'सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्‍वले नै गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उचो भूगोल भएको सगरमाथामार्फत् हाम्रो पहिचानलाई स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना गर्‍यौं र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्यौं,'उनले भने।

मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरू कालापत्थरमा परिणत हुने जोखिम बढेको छ । उनले भने,'सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र नभइ सिंगो पृथ्वीलाई नै असर गर्छ । त्यसकारण नेपालको समस्या मात्र होइन भन्‍ने कुरा बुझाउन हामीले विश्‍वभरका हिमाल र जलवायु बुझेका मानिसहरूलाई बोलाएर छलफल गरेका छौं ।'

सगरमाथा दिवसकै अवसरमा हनुमानढोका खुला भएको पनि मन्त्री पाण्डेले जानकारी गराए ।  सगरमाथा दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइएको छ । दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमलेमा प्रभातफेरी आयोजना गरियो । कर्मचारी सञ्चयकोष ठमेलबाट सुरू भएको झाँकी,ब्याण्डबाजासहितको र्‍याली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

र्‍यालीमा पर्यटनमन्त्री पाण्डेसहित निमित्त पर्यटन सचिव इन्दु घिमिरे,पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी,नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको छाता सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधकरणको उल्लेख्य उपस्थिति थियो ।

यससँगै नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको शालिकमा समेत माल्यापर्ण गरिएको छ ।

सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रुपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.