गणतन्त्रको उपलब्धिलाई मिलेर संस्थागत गरौं : मुख्यमन्त्री आचार्य

गणतन्त्रको उपलब्धिलाई मिलेर संस्थागत गरौं : मुख्यमन्त्री आचार्य

दाङ : लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस  विविध कार्यक्रम गरेर मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो ।

मुल समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि भएको बताए। यो उपलब्धि नेपाली जनताको त्याग,बलिदान र संघर्षबाट सम्भव भएको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

उनले लुम्बिनी प्रदेश सरकार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता तथा स्वरोजगारलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिए । संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले त्यस दिशामा प्रतिबद्धतापूर्वक काम गरिरहेको बताए ।

मुख्यमन्त्री आचार्यले अघिल्ला पुस्ताको योगदानको कदर गर्दै भावी पुस्तालाई समावेशी, समतामूलक र आत्मगौरवयुक्त समाज हस्तान्तरण गर्ने संकल्प गरे । प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिए । उनले राजनीतिक संघीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय संघीयताको व्यवहारिक कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि संघीयता भएको उल्लेख गर्दै यसको लक्ष्य विकास भएको बताए । उनले अधिकार प्रदेशमा हस्तान्तरण गर्न संघीय सरकारको प्रतिबद्धता आवश्यक रहेको धारणा राखे । 

विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताए । उनले अधिकार मात्र नभई कर्तव्यको अभ्याससमेत आवश्यक रहेको धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.