एआईलाई व्यवसायिक प्रयोगमा ल्याइने, सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट
काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने बताए।
उनले कृत्रिम बौद्धिकता (एआई)लाई पनि व्यावसायिक प्रवर्द्धनका लागि सहजीकरण गर्ने बताए। त्यस्तै डाटा सेन्टर बनाउन निजीसँग सहकार्य गर्ने र सूचना प्रविधि पार्क निर्माणका लागि वैदेशिक लगानीलाई प्रोत्साहन गरिने अर्थमन्त्री पौडेलको भनाइ छ।
त्यस्तै मोबाइलको अवैध निकासी रोक्न र ओटीटी सेवाको नियमन गर्ने नीति बनाउने उनले बताए। त्यस्तै साइबर सुरक्षामा पनि विशेष ध्यान दिने उनले बताए। त्यस्तै सूचना प्रविधिमा जोड दिन र डिजिटल साक्षरतालगायतका कार्यक्रमका लागि ७४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !