वरीयता मिचेर सशस्त्रमा एआइजी बढुवा

वरीयता मिचेर सशस्त्रमा एआइजी बढुवा

काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एआइजीमा वरीयता मिचेर बढुवाका लागि सिफारिस गरेको छ। वरीयतामा १ नम्बरमा रहेका डीआइजी कमल गिरीलाई पाखा लगाउँदै गृह मन्त्रालयले दोस्रो नम्बरमा रहेका गणेश बहादुर ठाडा मगरलाई एआइजीमा बढुवा गरेको हो। ठाडा मगर संगठनभित्र राजनीति गर्ने र संगठन बाहिरसमेत राजनीतिक दलका नेताहरूसँग बाक्लो उठबस गर्ने गरेको सशस्त्रका अधिकारीहरू बताउँछन्।

बिहीबार बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एइआजीमा बढुवा गरेको सूचना सार्वजनिक गरेको हो। उक्त सूचनामा सशस्त्र बलका महानिरीक्षक राजु अर्यालको हस्ताक्षर रहेको छ। महानिरीक्षक अर्याल विधि र पद्धतिमा अडिग रहने बताए पनि एआइजी बढुवामा भने उनी नराम्ररी चुकेका छन्। 

राजनीतिक चलखेलका आधारमा ठाडा मगरलाई बढुवा गरिएको स्रोतले बताएको छ। डीआइजी गिरी काबिल र सक्षम नेतृत्व गर्ने व्यक्ति भनेर चिनिएका छन्। सशस्त्रकै एआइजी बंशीराज दाहाललगायतका उच्च अधिकारीहरू गिरीको बढुवा रोक्ने चलखेलमा लागेका थिए।

महानिरीक्षक अर्यालले अब अनिवार्य अवकाश पाएपछि वरीयतामा पहिलो नम्बरमा रहेका एआइजी नारायण दत्त पौडेललाई पछि पार्दै अर्का एआइजी दाहाल आइजीपी बन्न अहिल्यैदेखि तीव्र लबिङमा लागेको सशस्त्रका अधिकारीहरू बताउँछन्। सोही समूह गिरीलाई एआइजी हुनबाट रोक्न लागेका थिए। 

३० वर्षे सेवा हदका कारण गत वैशाख ३ गते एआइजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकासमा गएपछि एउटा दरबन्दी रिक्त रहेको थियो। गत १४ वैशाखमा आवेदन आह्वान भएपछि एआइजी बन्द ९ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा गिरी र ठाडा मगरसहित कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, कालीदाश धौवोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले रहेका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.