दुम्किवासमा डाइभर्सन बगायो, राजमार्ग अवरुद्ध

दुम्किवासमा डाइभर्सन बगायो, राजमार्ग अवरुद्ध

नवलपुर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किवासमा बिनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको छ। 

विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात संचालन गरिँदै आएपनि शुक्रबार  बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए । 

डाईभर्सन बगाएपछि यातायातका साधन पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । डाईभर्सन पुन: बनाउने प्रयास भइरहेको जिल्ला प्रहरीको भनाइ छ । विनयी खोलामाथिको पुल भासिएको ४ महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नहुँदा खोलामा डाईभर्सन बनाएर यातायात संचालन गरिएको हो । वर्षा हुनासाथ डाईभर्सन बगाएर यातायात अवरुद्ध हुने गरेको छ  । 

तस्बिर : रमेश बस्ताकोटी। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.