भारतीय प्रधानमन्त्री मोदी र वैभव सूर्यवंशीबीच भेट

भारतीय प्रधानमन्त्री मोदी र वैभव सूर्यवंशीबीच भेट

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईपीएल खेल्ने सबैभन्दा कान्छा खेलाडी वैभव सूर्यवंशी र उनका परिवारलाई बिहारको पटना विमानस्थलमा भेटेका छन्।

आईपीएलको १८ औं सिजनको एक खेलमा वैभव सूर्यवंशीले ३५ बलमा शानदार शतक प्रहार गरेका थिए। यो आईपीएलमा भारतीय क्रिकेटरले बनाएको सबैभन्दा छिटो शतक हो।

वैभवले यस्ता धेरै रेकर्ड बनाएपछि उनको बारेमा चर्चा बढेको छ।  

वैभवलाई भेटेपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखे, ‘युवा क्रिकेट सनसनी वैभव सूर्यवंशी र उनको परिवारलाई पटना विमानस्थलमा भेटें। उनको क्रिकेट कौशलको देशभर प्रशंसा भइरहेको छ। भविष्यको लागि मेरो शुभकामना।’

आईपीएल २०२५ मा वैभवले कस्ता रेकर्ड बनाएका छन् ?

–गुजरात टाइटन्स विरुद्ध ३५ बलमा शतक प्रहार  

–आईपीएल इतिहासमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी

–आईपीएल इतिहासमा दोस्रो सबैभन्दा छिटो शतक बनाउने क्रिकेटर (पहिलो क्रिस गेल–३० बलमा शतक–

–टी–२० मा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.