'द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित हुँदैन'

'द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित हुँदैन'

काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित नहुने बताएका छन्।  शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा थापाले स्वार्थको द्वन्द्व हुने भएकाले द्वन्द्वपीडित व्यक्तिहरुलाई आयोगमा राख्नु उचित नहुने बताए। उनले आयोगका रहँदा आफूले कानुनभन्दा तलमाथि नगर्ने बताए।

थापाले आयोगलाई काम गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै काम नगर्न नसके राजीनामाको सुझाव उचित नभएको जिकिर गरे । अध्यक्ष थापाले द्वन्द्वपीडितहरूको अस्वभाविक दबाब  स्वीकार्न नसकिने बताए। अध्यक्ष थापाले द्वन्द्वपीडितले अस्वभाविक दबाब दिन खोजेको धारणा राखेपछि माओवादीका राष्ट्रियसभा सदस्य मनरुपा शर्माले धम्काउने भाषा बोलेको भन्दै आपत्ति जनाए । द्वन्द्वपीडितले भोग्नुपरेका समस्याका बारेमा जानकारी लिएर मात्रै सुझाव दिन  आग्र गरे। उनले आयोगका अहिलेको नेतृत्वबाट न्याय पाउने आश नरहेको बताए।

त्यस्तै बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले सबैको सहयोगमा नै पीडितलाई न्याय हुने गरि कार्यसम्पादन गर्ने बताए। उनले गम्भीर मानवअधिकार उलंघनका घटनामा क्षमादान नहुने भएकाले त्यसमा गम्भीर रहेको धारणा राखे। त्यस्तै समिति सदस्यहरूले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई छिटो टुङ्ग्याउने गरि पूर्वाग्रही नभइ काम गर्न सुझाव दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.